प्रधानमन्त्री ओली स्वदेश फिर्ता

खरीबोट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।  

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा गत वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर आज साँझ उनी स्वदेश फर्किएका हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको  थियो .। उनका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन् । 

प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल,  गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ  र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

सम्बन्धित समाचार

अर्को वर्ष ‘वैशाख डे’ लुम्बिनीमा मनाउनेछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका नायक गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अर्को वर्ष ‘वैशाख डे’ मनाउने निर्णय गरेको बताएका छन् । भगवान् बुद्धको २५६३औँ बुद्धजयन्तीका अवसरमा आनन्दकुटी विहारमा शनिअबर आयोजना गरिएको

लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रधानमन्त्री ओली

कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष

लुम्बिनीमा शान्ति र्यालीमा प्रधानमन्त्री ओली !

प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आज निकालिएको शान्ति र्यालीमा प्रधानमन्त्री के.पी शर्मा ओलीलगायत सहभागी ।

प्रधानमन्त्री ओलीद्वारा शुद्धोधनको प्राचीन दरबार अवलोकन

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भगवान् गौतमबुद्धको क्रिडास्थल तथा राजा शुद्घोधनको प्राचीन दरबार क्षेत्र अवलोकन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले तिलौराकोटको विकासमा राज्यले ध्यान दिने बताए


z