• २०८१ बैशाख १३ बिहीबार

एएफसी कपमा मनाङ भारतीय क्लब मिनेर्वासँग बराबरीमा रोकियो

kharibot

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनेर्वा पन्जावसँग बराबरी खेलको छ ।

मनाङले १० खेलाडीमा समेटिएको पन्जावसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै दुवै टोलीले समूहमा जित निकाल्न सकेनन् । मनाङले लिग चरणमा चौथो खेल सकिदा पनि जित निकाल्न सकेको छैन । यी दुई टोलीले पहिलो खेलमा २–२ गोलको बराबरी खेलेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलको पहिलो हाफमा मोईरङ्गथेम थोइवा सिंहले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले ३९औं मिनेटमा सिंहले गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा पन्जावका खेलाडी प्रतिक जोशी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए पछि पंजाव १० खेलाडीमा समेटिएको थियो । 

दोस्रो हाफमा मनाङले १० खेलाडीमा समेटिएको पन्जावलाई दवावमा राख्दै खेलको ८१औं मिनेटमा मनाङले बराबरी गोल फर्काएको थियो । मनाङका डिफेन्डर साहिद अजिजले हेडमार्फत बराबरी गोल गरेका थिए । 

बराबरी सँगै पन्जावले समूह ‘इ’ मा खेलेका ४ खेल नै बराबरी खेल्दै ४ अंक जोडेको छ भने समुहमा तेस्रो स्थानमा यथावत रहेको छ । समुह इ मा २ खेलमा जित र एक बराबरी खेलेको चेन्नईयिन ७ अंकका साथ शीर्षस्थानमा छ ।

समान एक एक खेलमा जित, हार र बराबरी खेलेको बंगलादेशी लिग च्याम्पियन क्लब अवहानी लिमिटेड ४ अंक सहित दोस्रो स्थानमा छ । चौथो खेलपछि मनाङ २ अंकसहित अन्तिम स्थानमा रहेको छ ।

मनाङले लिग चरणका खेलमा आगामी जुन १९ मा अबहानी ढाका र २६ जुनमा चेन्नईयीन क्लबसँग खेल्ने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै