क्यारेबियन प्रिमियर लिगको ड्राफ्टमा चार नेपाली क्रिकेटर  

खरीबोट

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको पहिलो ड्राफ्टमा चार नेपाली खेलाडी समावेश भएका छन् ।

यहि मे २२ मा लन्डनमा हुने खेलाडीको अक्सनका लागि नेपालका चार खेलाडी सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल सिपिएलको ड्राफ्टमा परेका हुन् ।        

वेष्टईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि-२० को आधिकारिक बेबसाइटले सार्वजनिक गरेको सुची अनुसार नेपाली चार खेलाडी सुचिमा परेका हुन् ।

पहिलो ड्राफ्टमा २० देशका ५३६ जना विदेशी खेलाडी रहेको आयोजकले जानकारी गराएका छन् । 

यसअघि छैठौ संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्रिस गेलको कप्तानीमा खेलेका थिए । सन्दीपले सेन्ट किट्सबाट गत सिजनमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।

सिपिएलको सातौ यस पटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म हुने भएको छ ।

सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।      

सम्बन्धित समाचार

सिपिएलमा मोहमद इरफानको ऐतिहासिक बलिङ, ४ ओभरमा ३ मेडन १ रन २ विकेट   

काठमाडौँ।  पाकिस्तानका तिब्र गतिका बलर मोहमद इरफानले हाल जारी क्यारेबियन प्रिमियर लिगमा आज भएको खेलमा टि-२० क्रिकेटको इतिहासमा अहिलेसम्मकै इकोनोमिक बलिङ गरेका छन्।  सिपिएलको आजको खेलमा बार्बाड़ोस ट्रीडेन्टसका तर्फबाट सेन्ट किट्स एण्ड

सिपिएलमा प्याट्रोयट्सको तेस्रो जित, सन्दीप एशियन क्वालिफायर खेल्न मलेसिया जाने 

काठमाडौँ। क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा सन्दीप लामिछानेको टिम सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सले जित हासिल गरेको छ। आज भएको खेलमा प्याट्रोयट्सले बार्बाड़ोस ट्रीडेन्टसलाई ६ विकेटले पराजित गरेको हो।  सन्दीप

सिपिएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी, डेभिड वार्नरको लिए विकेट  

काठमाडौँ। क्याराबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको खेलमा सन्दीप लामिछानेले आफ्नो चौथो खेलमा पनि उत्कृष्ट बलिङ जारी राखेका छन्।  सन्दीपले आज भएको खेलमा सेन्ट लुसिया स्टार्सका २ विकेट लिएका छन्।   सन्दीपले

सिपिएलमा किरोन पोलार्डले हाने तुफानी शतक

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) मा सेन्ट लुसिया स्टार्सबाट खेल्ने वेस्टइन्डिजका ब्याट्सम्यान किरोन पोलार्डले शतक हानेका छन्।   शनिबार भएको खेलमा पोलार्डले बार्बाडोस ट्रीडेन्ट्सविरुद्ध खेल्दै ५४ बलमा १०४ रनको पारी खेलेका


z