काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटको पहिलो ड्राफ्टमा चार नेपाली खेलाडी समावेश भएका छन् ।
यहि मे २२ मा लन्डनमा हुने खेलाडीको अक्सनका लागि नेपालका चार खेलाडी सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल सिपिएलको ड्राफ्टमा परेका हुन् ।
वेष्टईण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल टि-२० को आधिकारिक बेबसाइटले सार्वजनिक गरेको सुची अनुसार नेपाली चार खेलाडी सुचिमा परेका हुन् ।
पहिलो ड्राफ्टमा २० देशका ५३६ जना विदेशी खेलाडी रहेको आयोजकले जानकारी गराएका छन् ।
यसअघि छैठौ संस्करणमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट क्रिस गेलको कप्तानीमा खेलेका थिए । सन्दीपले सेन्ट किट्सबाट गत सिजनमा कुल ५ खेल खेल्दै ७ विकेट लिएका थिए ।
सिपिएलको सातौ यस पटक सेप्टेम्बर ४ देखि अक्टोबर १२ सम्म हुने भएको छ ।
सिपिएलमा ६ टिमको सहभागिता रहेको छ । जसमा बारबाडोस ट्रीडेन्टस, गुयाना अमेजन वारियर्स, सेन्ट लुसिया स्टार्स, जमैका टलावाह, ट्रिनवागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स रहेका छन्।