• २०८१ बैशाख १३ बिहीबार

आयरल्याण्डमाथि बंगलादेशको सहज जित, शकिब अल हसन घाइते  

kharibot

काठमाडौँ । आयरल्याण्डमा जारी त्रिकोणीय एकदिवसीय सिरिजको खेलमा बंगलादेशले आयरल्याण्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बंगालदेशले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको हो ।

आयरल्याण्डले दिएको २९३ रनको लक्ष्य पछाएको बंगलादेशले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ७६ रन बनाएका थिए । त्यस्तै तामिम इकवालले ५७, शकिब अल हसनले ५० मुशफिकुर रहिम र मह्मुदुल्लाहले ३५-३५ रनको योगदान गरेका थिए ।

बंगलादेशका शकिब अल हसन ५० रन बनाएर उनको मांशपेशीमा खिचाव आएका कारण रिटायर हर्ट भएका थिए । शकिबलाई ३६औ ओभरमा समस्या भएको भएपनि उनले खेललाई निरन्तरता दिदै अर्धशतक बनाएका थिए । विश्वकपको तयारी अघि शकिबको इन्जुरीले बंगलादेशको चिन्ता बढाएको छ ।   

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै २९२ रन बनाएको थियो ।

आयरल्याण्डका लागि पाउल स्टिरलिङले शतकीय पारी खेलेका थिए । स्टीरलिङले १४१ बलमा १३० रन बनाएका थिए । त्यस्तै कप्तान विलियम पोर्टरफिल्डले ९४ रन बनाएका थिए ।
बंगलादेशक बलर अबु जाएदले सर्वाधिक ५ विकेट लिए भने मोहमद सैफुद्दीनले २ र रुबेल हुसैनले एक विकेट लिए ।

सिरिजमा आयोजक आयरल्याण्ड तीन वटै खेलमा पराजित भएको छ भने एक खेल बर्षाका कारण रद्ध भएको थियो । त्यस्तै अब त्रिकोणीय सिरिजको फाइनल खेल बंगलादेश र वेस्टइन्डिजबीच शुक्रबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै