• २०८१ बैशाख १४ शुक्रबार

गोन्जालो हुगैनलाई चेल्सीले युभेन्टस फिर्ता पठाउने

kharibot

काठमाडौँ । अर्जेन्टिनी फुटबलर गोन्जालो हुगैनलाई चेल्सीले युभेन्टस फिर्ता पठाउने भएको छ ।

जनवरी ट्रान्सफरमा लोनमै एसी मिलानबाट खेलिरहेका हुगैन चेल्सी आएका थिए । चेल्सीमा हुगैनको औसत प्रदर्शन पछि चेल्सीले उनलाई निरन्तरता नदिने भएको डेली मेलले लेखेको छ ।

मिडिया रिपोर्टका अनुसार हुगैन आफ्नो क्लब युभेन्टस नै फर्किने भएका छन् । हुगैनले गत चैत्रमा नै अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमबाट सन्यास लिएका थिए ।

चेल्सीमा सबै प्रतियोगितामा १८ खेल खेलेका हुगैनले केवल ५ गोल गरेका छन् । यसै सिजनमा एसी मिलानबाट हुगैनले कुल २२ खेल खेलेर ८ गोल गरेका थिए ।

चेल्सीले आफ्ना म्यानेजर माउरिजियो सारीलाई पनि हटाउने तयारी गरेको मिडिया रिपोर्ट आएको छ । युरोप लिगको फाइनलमा आर्सनलविरुद्ध खेल्ने तयारी गरेको चेल्सीले युरोपा लिग जितेपनि सारीलाई हटाउने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै