• २०८१ बैशाख १२ बुधबार

कस्तो अचम्म ! क्रिकेट खेलमा सबै ११ खेलाडीको शुन्य रन...  

kharibot

काठमाडौँ । क्रिकेटमा कहिले काही निकै रोचक घटना हुने गर्दछन् । यस्तै रोचक घटना भारतमा एक अन्डर १९ महिला  क्रिकेट खेलमा भएको छ ।

केरल राज्यको कसारगोडमा भएको महिला क्रिकेट खेलमा सबै ११ खेलाडी शुन्य रन बनाएका छन् । 

टिमका १० खेलाडी कुनै रन नबनाई आउट भएका थिए भने नट आउट रहेका एक खेलाडी पनि शुन्य रनमै अविजित रहेकी थिइन् ।

आउट भएका सबै खेलाडी बोल्ड आउट भएका थिए र क्रिकेटमा अचम्मको रेकर्ड बनेको छ । सबै खेलाडी ५.५ ओभरमा अल आउट भएका थिए ।  

इन्टर डिस्ट्रिक खेलमा कसारागोडको अन्डर १९ महिला टिमले वायनाडको अन्डर १९ महिला टिमसँग खेल भएको थियो ।      

बुधबार भएको सो खेलमा कुनै खेलाडीले कुनै रन नबनाए पनि बलरले ४ रन अतिरक्त रुपमा दिएका थिए । ५ रनको लक्ष्य पाएको वायनाडले एक ओभरमा लक्ष्य पुरा गर्दै १० विकेटले खेल जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै