• २०८१ बैशाख ७ शुक्रबार

इजरायली सेनासँगको भिडन्तमा ६५ प्यालेस्टिनी घाइते

kharibot

गाजा । गाजापट्टी–इजरायली सीमाक्षेत्रमा इजरायली सेनासँग भएको भिडन्तमा बुधबार कम्तीमा ६५ जना प्यालेस्टिनी घाइते भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी २२ जना बालबालिका समेत कम्तीमा ६५ जना घाइते भएको जनाएको छ ।

इजरायलसँग सीमा जोडिएको क्षेत्रमा प्यालेस्टिनी समुदायले निकालेको जुलुसलाई तितरबितर पार्नेक्रममा इजरायली सेनासँग भिडन्त भएको थियो ।

पूर्वी गाजापट्टीमा हजारौं प्रदर्शनकारी सहभागी भएका थिए । प्रदर्शनकारीले प्यालेस्टिनी झण्डा फहराउनुका साथै टायर बाल्ने, इजरायल र अमेरिका विरुद्ध नारा लगाउने तथा इजरायली सेनातर्फ ढुङ्गा फाल्ने गरेका थिए ।

नक्वा दिवसको अवसरमा उक्त जुलुस निस्किएको थियो । ७१ वर्षअघि यही दिन इजरायलको स्थापना हुनुका साथै सन् १९४८ देखि प्यालेस्टिनी शरणार्थीको विषय उठेको थियो ।

यद्यपी गत वर्षको तुलनामा यस पटकको प्रदर्शनक कम हिंसात्मक रहेको थियो । गत वर्षको यस्तै कार्यक्रममा ६१ जना प्यालेस्टिनीको ज्यान गएको थियो । कतारले गाजापट्टीका लागि आर्थिक सहयोग गरेका कारण पनि यसवर्षको प्रदर्शन कम हिंसात्मक भएको हो ।

इस्लामिक हमास समूहको नियन्त्रणमा रहेको प्रशासनले सम्भावित हिंसा रोक्न सीमा क्षेत्रमा प्रहरी तैनाथ गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै