• २०८१ बैशाख १३ बिहीबार

देशभर मेघ गर्जनसहित क्षणिक वर्षा हुने

kharibot

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र  हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताए । शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ थियो ।

राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८.५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०.५ डिग्री सेल्सियस रहने जनाइएको छ ।

३२ प्रतिशत पुनर्निर्माण

भूकम्म्प गएको चार वर्ष पूरा भइसक्दासमेत टोखा नगरपालिकाको निजी आवास पुनर्निर्माण अभियानले अझै गति लिन सकेको छैन । स्थानीय टोखा नगरपालिकामा हालसम्म ३२ प्रतिशत मात्रै निजी आवास पुनर्निर्माण भएको छ ।

सानो क्षेत्रफलमा बनेका घर, बहुस्वामित्वका घर, जग्गाधनी पुर्जा नभएका, गुठीको जग्गामा बनेका घर र क्षतिग्रस्त घर भत्काउँदा सँगै रहेका घरमा समेत क्षति पुग्ने भएकाले त्यस्ता घरलाई के गर्ने भन्ने स्पष्ट नीति नभएकाले निजी आवास पुनर्निर्माणले गति लिन नसकेको नगरपालिका वरिष्ठ इञ्जिनीयर प्रतीक्षा त्रिपाठीले बताए ।

नगरपालिकामा पुनर्निर्माण गर्ने लाभग्राहीको सङ्ख्या एक हजार ७४५ रहेकामा ३७०  लाभग्रहीले मात्रै निजी आवास निर्माण गरिसकेको उक्त कार्यालयले जनाएको छ ।

प्रबलीकरणबाट सजिलै पुनर्निर्माणमा जान सकिए पनि पुनर्निर्माणबाट प्रबलीकरणमा जान सजिलो छैन । पुनर्निर्माणका लागि थप रकम सरकारले दिने अनुदानभन्दा धेरै रकम जुटाउनुपर्ने र प्रबलीकरणका बारेमा स्थानीवासी नै स्पष्ट हुन नसकेका कारण निजी आवास पुनर्निर्माणको गति सुस्त भएको इञ्जिनीयर त्रिपाठीले जानकारी दिए ।

उनका अनुसार हाल नगरपालिकामा पहिलो किस्ता लिने १५ हजार ८५ र दोस्रो किस्ता लिने ६७० लाभग्रही छन् । त्यस्तै तेस्रो किस्ता लिने लाभग्राही ४९० छन् । यसैगरी भवन संहिताअनुसार नबनाएका कारण प्रमाणीकरण हुन नसेको लाभग्राहीको सङ्ख्या १४ रहेको नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै