• २०८१ बैशाख १३ बिहीबार

फिल्म 'सरौतो’ असोज ३ गते रिलिज गर्ने घोषणा 

kharibot

काठमाडौँ । रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको फिल्म 'सरौतो’ आउँदो असोज ३ गते रिलिज हुने भएको छ । 

फिल्मलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले केहि एड र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका हुन् । 

'प्राविधिकको समय र वितरकसँगको छलफलपछी हामीले रिलिज मिति तय गरेका हौ’ निर्देशक हुमागाईंले भने 'फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ, लेखिएको कुरा पर्दामा उतार्न सफल भएको महसुस भएको छ ।’

विरान्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् ।

फिल्ममा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर , प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ ।
फिल्ममा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहेकोछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री , कोसिस क्षेत्रीको संगीत रेहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहेकोछ ।

यसमा निमेष श्रेष्ठको सम्पादन, निलिशा शाक्यको नृत्य निर्देशन, प्रविन मानन्धरको कलर, भिएफएक्स रहेको छ भने यसको चिफएडी अनिल खड्का हुन् ।

काठमाडौँ, सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिएको फिल्मलाई उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै