• २०८१ बैशाख ७ शुक्रबार

नक्कली प्रमाणपत्रले जागिर खाएको आरोपमा इन्जिनियरविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको बुढीगंगा गाउँपालिकाका इन्जिनियरविरुद्ध नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा मुद्धा दाएर गरेको छ ।

अख्तियारले बुढीगंगा गाउँपालिकामा कार्यरत इन्जिनियर चन्द्रनारायण चौधरीको आइएस्सीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको र सोही प्रमाणपत्रका आधारमा नोकरी खाइरहेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै