कञ्चनजङ्घा आरोहण गर्ने क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु

खरीबोट

फाइल तस्बीर

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।

पीक प्रमोशनबाट आरोहण गर्न गएका भारतका कुन्तल करार र विप्लव वैद्यको मृत्यु भएको पर्यटन विभागका दिनेश बर्जाचार्यले बताए । उनका अनुसार अर्का एक जना सम्पर्कविहीन छन् ।

आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधबार १० नेपालीसमेत ३६ जना पुगेका थिए । चुचुरोमा पुगेर फर्कदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको बताइएको छ ।

आरोहण दलका सदस्यका अनुसार झण्डै आठ हजार उचाइमा पुगेपछि करारलाई लेक लागेको थियो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवैको मृत्यु भएको बताइएको छ । 

यसैबीच बुधबार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि एक जना पर्वतारोही रोडियो फ्रान्सो भिरानो भने सम्पर्कविहीन भएका छन् । अहिले सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा शव तल ल्याउने प्रयास भइरहेको छ । कञ्चनजङ्घालाई विश्वका अति जोखिमपूर्ण हिमालमध्ये एउटा मानिन्छ ।

ठाडो उकालो भएकाले कञ्चनजङ्घाको शिखरमा पुग्ने बाटो अप्ठ्यारो भएको बताइन्छ । त्यसैले मौसममा अलिकति फेरबदल हुँदा पनि त्यहाँ जोखिम बढ्ने जानकार बताउँछन् ।
 

सम्बन्धित समाचार

‘सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार’

काठमाडौँ । पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल

प्रकाश दाहाल प्रतिष्ठानद्वारा ५ जनालाई सगरमाथा आरोहण सम्मान

काठमाडौं । प्रकाश दाहाल प्रतिष्ठानले साहसिक सगरमाथा आरोहण सम्मान २०७६ बाट पाँचजना सम्मानित भएका छन् ।  नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको ३८ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले मंगलबार

यस यामको सगरमाथा आरोहण गर्ने भारतीय धेरै

काठमाडौँ । सन् २०१९ को वसन्तयाममा सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नेमा सबैभन्दा धेरै छिमेकी मुलुक भारत र चीनका आरोही रहेका छन् । पर्यटन विभागका अनुसार भारतका ६१ र चीनका ५४ जना

कान्छा शेर्पाको पहिलो सगरमाथा आरोहणको स्मरण : ‘डोरी, गम्छा बाधेर चढियो’

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न किर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको संख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल


z