लक्ष्यभन्दा राजश्व कम उठेपछि अर्थले बनायो अनुगमन टोली

खरीबोट

काठमाडौं । सरकारले निर्धारित लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेपछि केन्द्रीय अनुगमन टोली गठन गरेको छ । 

सरकारले बुधबार भन्सार जाँचपास प्रक्रियामा कडाई गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो।

मन्त्रालयले खुला सिमानाको कारण सामानको अवैध निकासी तथा पैठारी (आयात–निर्यात)को नियन्त्रण गर्न सहसचिव स्तरको ८ सदस्यीय अनुगमन टोली गठन गरेको हो ।

चालु आर्थिक वर्षका लागि निर्धारित राजस्वको लक्ष्य हासिल गराउन टोली गठन भएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार, ‘राजस्वको लक्ष्य हासिल हुने गरी ठोस र कार्ययोजनासहित राजस्व संकलन कार्यमा संलग्न कार्यालयलाई परिचालन गरिनेछ ।’ 

मन्त्रीस्तरको वैशाख २७ गतेको निर्णय अनुसार अनुगमन टोली गठन गर्ने निर्णय गरेको प्रवक्ता खत्रीले जानकारी दिए । 

अनुगमन टोलीमा अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र भन्सार विभागका उपसचिव तथा निर्देशकहरु सम्मिलित ८ सदस्य रहेका छन् ।

अनुगमन टोलीले अर्थ मन्त्रालय मातहतका विभाग र कार्यालयको वार्षिक कार्यक्रम तथा नियमित कामको अनुगमन गर्नेछ। अनुगमनका क्रममा कुनै समस्या देखापरेमा तत्काल समाधानका लागि पहल गर्ने र लक्ष्य अनुसारको प्रगति बढाउन पहल गर्न निर्देशन समेत दिनसक्ने अधिकार टोलीलाई दिएको छ ।

चैत मसान्तसम्ममा ६ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ५ खर्ब ८८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ जुन लक्ष्यभन्दा ८६ अर्ब कम हो ।

यसले वार्षिक लक्ष्य ९ खर्ब ४५ अर्ब (संशोधित ९ खर्ब १७ अर्ब) दुवै पूरा हुनै मुस्किल देखिएको छ ।
   
 

सम्बन्धित समाचार

भन्सार तथा कर कार्यालयमा अर्थ मन्त्रालयको अनुगमन टोली परिचालित

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको निर्धारित राजश्व सङ्कलनको लक्ष्य हासिल हुने गरी ठोस कार्ययोजनासहित काम गर्न र देशभरिका भन्सार तथा कर कार्यालयका अनुगमनका लागि केन्द्रीय अनुगमन टोली परिचालन गरेको

चालू बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

काठमाडौँ । कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ ।  आज सार्वजनिक

पुँजीबजारको समस्या सामाधन बारेको प्रतिवेदन अर्थ मन्त्रालयमा पेश 

काठमाडौं। पूँजीबजारमा देखिएका समस्या सामाधानका लागि अध्ययन प्रतिवेदन तयार गर्न गठित समितिले आज अर्थ मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले

अर्थ मन्त्रालयद्वारा सेयरबजारको समस्या समाधान गर्न समिति गठन

काठमाडौँ । सरकारले पूँजीबजारमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ ।  पूँजीगत लाभकरको विषयलाई लिएर शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि अर्थ मन्त्रालयले आज वित्तीय क्षेत्र व्यवस्थापन महाखाशाका प्रमुख एवं सहसचिव उत्तरकुमार


z