• २०८१ बैशाख ७ शुक्रबार

भोजपुर सदरमुकामस्थित पोखरेमा आगलागीबाट ५२ लाखको क्षति

kharibot

तस्बीर : रासस

भोजपुर । सदरमुकामस्थित पोखरेमा आज आगलागी हुँदा रु ५२ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी बखतबहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो । 

आगलागीबाट श्रेष्ठको किराना पसल, नगद रु पाँच तथा सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य दुई घरमा समेत क्षति पुगेको छ । साँघुरोबाटोको कारण नगरपालिकाको दमकल जान नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै