• २०८१ बैशाख ६ बिहीबार

रुकुम पूर्वबाट हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

kharibot

रुकुम पूर्व । पुथा उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।

स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । 

चारगाउँस्थित रिवाङचौर स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उहाँलाई हेलिकप्टरमा भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार साहले बताए ।

सुत्केरी व्यथा लागेपछि उहाँलाई गत वैशाख ३० गते स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । तीन दिनसम्म सुत्केरी हुन नसकेपछि मल्ललाई जिल्ला प्रशासन कार्यालयको रोहवरमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सडक सुविधा नहुँदा दुर्गम गाउँका सुत्केरीको अस्पताल पुर्‍याउन नपाउँदै बाटोमै ज्यान जाने गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै