कथासङ्ग्रह ‘तमसुक’ को लोकार्पण

खरीबोट

काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार पदम विश्वकर्माले लेखेको कथासङ्ग्रह ‘तमसुक’ आज लोकार्पण गरिएको छ ।

शिखा बुक्स र ज्ञानज्योति पब्लिकेशकनको आयोजनामा भएको  कार्यक्रममा  नेपाल प्रज्ञा– प्रतिष्ठान, गद्य तथा आख्यान विभाग प्रमुख  माया ठकुरीले समाजका घटनालाई जस्ताको तस्तै कथामा उतारेर लेखकले सङ्ग्रहलाई पठनीय बनाएको बताए । “पुस्तक पढ्दा  निकै आनन्द आयो” उनले भन्नुभयो, “समाज र हाम्रो परिवेशअनुकूलका कथाहरुले जो कोहीलाई पनि भावुक बनाउँछ ।” उनले वर्तमान समयमा पाठकले आख्यानलाई रुचिका साथ पढ्ने गरेकाले साहित्यकारले परिष्कृत ढङ्गको लेखन शैलीलाई  अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

समालोचक ज्ञानु अधिकारीले सङ्ग्रहले परम्परागत जीवनशैलीसँगै २१ औँ शताब्दीको आधुनिकतालाई पनि समावेश गरेको बताईन ।

लेखक विश्वकर्माले गरीबी र अभावबाट पिल्सिएको नेपाली समाजको वास्तविकता ‘तमसुक’ बाट उजागर गर्न खोजेको बताए । अन्तरराष्ट्रिय नेपाली साहित्यका समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले कथामा नेपाली समाजको मौलिकता पाइने हुँदा एक पटक सबैले पढ्नुपर्ने बताए ।

साहित्यकार  खगेन्द्रप्रसाद लुइँटेलले लेखकले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नमा ठूलो योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा नेपाल लघु तथा समाजका अध्यक्ष  श्रीओम रोदन, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेपालका महासचिव सन्ध्या पहाडी, सचिव बाबा बस्नेत, साहित्यकार दामोदर पुडासैनीलगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

कथासङ्ग्रह ‘तमसुक’ को लोकार्पण

काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार पदम विश्वकर्माले लेखेको कथासङ्ग्रह ‘तमसुक’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र ज्ञानज्योति पब्लिकेशकनको आयोजनामा भएको  कार्यक्रममा  नेपाल प्रज्ञा– प्रतिष्ठान, गद्य तथा आख्यान

भुपिनको उपन्यास ‘मैदारो’को लोकार्पण

बलेवा । चर्चित कवि भूपेन्द्र खड्का ‘भुपिन’को उपन्यास ‘मैदारो’को आज गृहजिल्ला बागलुङ सदरमुकाममा लोकार्पण गरिएको छ । धौलागिरि कला तथा साहित्य मञ्च, बागलुङले आयोजना गरेको एक समारोहमा उपन्यास लोकापर्ण गरिएको मञ्चका

कृति लोकार्पण मै दुई साहित्यकारको विवाह

काठमाडौँ । कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच विहिबार साहित्यिक विवाह सम्पन्न भएको छ । नुवाकोटकी  ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह विमोचनसँगै दुवै

पूर्वराष्ट्रपति डा यादवद्वारा पुस्तक लोकार्पण

काठमाडौँ ।  नेपालको प्रशासनिक संस्कृति नामक पुस्तक सार्वजनिक भएको छ ।  डा जनार्दनराज लामिछानेले लेख्नुभएको पुस्तकमा विसं ९३७ देखि विसं १८२६ सम्मका घटनाक्रम समेटिएको छ । पुस्तक आज लोकार्पण गर्दै पूर्वराष्ट्रपति डा रामवरण


z