• २०८१ बैशाख ५ बुधबार

कथासङ्ग्रह ‘तमसुक’ को लोकार्पण

kharibot

काठमाडौँ । अमेरिकामा बसोबास गर्दै आउनुभएका साहित्यकार पदम विश्वकर्माले लेखेको कथासङ्ग्रह ‘तमसुक’ आज लोकार्पण गरिएको छ ।

शिखा बुक्स र ज्ञानज्योति पब्लिकेशकनको आयोजनामा भएको  कार्यक्रममा  नेपाल प्रज्ञा– प्रतिष्ठान, गद्य तथा आख्यान विभाग प्रमुख  माया ठकुरीले समाजका घटनालाई जस्ताको तस्तै कथामा उतारेर लेखकले सङ्ग्रहलाई पठनीय बनाएको बताए । “पुस्तक पढ्दा  निकै आनन्द आयो” उनले भन्नुभयो, “समाज र हाम्रो परिवेशअनुकूलका कथाहरुले जो कोहीलाई पनि भावुक बनाउँछ ।” उनले वर्तमान समयमा पाठकले आख्यानलाई रुचिका साथ पढ्ने गरेकाले साहित्यकारले परिष्कृत ढङ्गको लेखन शैलीलाई  अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

समालोचक ज्ञानु अधिकारीले सङ्ग्रहले परम्परागत जीवनशैलीसँगै २१ औँ शताब्दीको आधुनिकतालाई पनि समावेश गरेको बताईन ।

लेखक विश्वकर्माले गरीबी र अभावबाट पिल्सिएको नेपाली समाजको वास्तविकता ‘तमसुक’ बाट उजागर गर्न खोजेको बताए । अन्तरराष्ट्रिय नेपाली साहित्यका समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले कथामा नेपाली समाजको मौलिकता पाइने हुँदा एक पटक सबैले पढ्नुपर्ने बताए ।

साहित्यकार  खगेन्द्रप्रसाद लुइँटेलले लेखकले नेपाली साहित्यलाई अन्तराष्ट्रियकरण गर्नमा ठूलो योगदान पुर्‍याएको बताए ।

कार्यक्रममा नेपाल लघु तथा समाजका अध्यक्ष  श्रीओम रोदन, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज नेपालका महासचिव सन्ध्या पहाडी, सचिव बाबा बस्नेत, साहित्यकार दामोदर पुडासैनीलगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै