• २०८१ बैशाख ७ शुक्रबार

नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले जन्मसिद्ध नागरकिता लिएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने विषयमा पूर्ण सुनुवाइका लागि संयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो विषयमा पुनः सुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय निरुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।

आदेशमा भनएिको छ, “विवादित विषयवस्तुको प्रकृतितर्फ दृष्टगित गर्दा प्रस्तुत विवादको पूर्ण सुनुवाइ संयुक्त इजलासबाट हुन मनासिव देखियो ।”

आदेशमा संयुत्त इजलासबाट सुनुवाइ हुँदा प्रस्तुत विवादसम्बन्धी मुद्दा र कानूनी प्रश्नको महत्व र जटलिताको कारणबाट पूर्ण इजलासबाट संयुक्त इजलासमा पठाउने उल्लेख छ । 

आदेशमा सबै पक्षको लिखित जवाफ प्राप्त भएको हुँदा नागरकितासम्बन्धी विवादका सबै मुद्दालाई एकै साथ राखी फैसला गर्न संयुक्तमा पठाएको उल्लेख छ । सर्वोच्चले जन्मसिद्ध नागरकिलाई नागरिकता खारेजीको माग गर्दै बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले दायर गरेको निवेदनलाई राख्ने आदेश गरेको थियो ।

सर्वोच्च अदालतले यस अघि जन्मसिद्ध नागरकिता भएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको गृह मन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै