• २०८१ बैशाख ७ शुक्रबार

नेकपाको पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र केन्द्रीय सदस्यको कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले अन्तिम निर्णय गर्न नसकेपछि जेठ ५  लाई सारिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 

बैठकले २० भन्दा बढी जनवर्गीय सङ्गठनको एकता  भने टुङ्गाएको छ ।

मदननगरमा पार्टीले शुक्रबार बिहान आयोजना गर्न लागेको मदन–आश्रित स्मृति दिवसमा २२ वटै जनवर्गीय सङ्गठनको नेतृत्व घोषणा हुने बताइएको छ ।

गत वर्ष जेठ ३ गते  नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीच  एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र  केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ । यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियाको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो । नेकपाले शुकबार बिहान 

८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै