काठमाडौँ । सन २०१८ मा रसियामा हुने विश्वकप फुटबलमा युरोपियन समुहबाट सिधै छनौट हुने ९ देशको टुंगो लागेको छ ।
गएराती भएको खेलमा पोर्चुगल र फ्रान्स सिधै छनौट भएसँगै युरोपियन समुहबाट सिधै छनौट हुने देशको टुंगो लागेको हो ।
युरोपबाट विश्वकपका लागि सिधै छनौट भएका देशहरुमा फ्रान्स, पोर्चुगल, जर्मनी, सर्बिया, पोल्याण्ड, ईङल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड रहेका छन् ।
यसका साथै प्ले अफमा छनौट हुने उत्कृष्ट ८ देशको पनि टुंगो लागेको छ । प्ले अफका लागि ८ देशको ड्र अक्टोबर १७ मा हुने फिफाले जनाएको छ ।
यी ८ टिमबाट ४ टिम विश्वकपका लागि छनौट हुने छन् ।
प्ले अफमा छनौट बह्येका ८ देशहरुमा क्रोसिया, डेनमार्क, ग्रिस, इटाली, उत्तरी आयरल्याण्ड, आयरल्याण्ड, स्विडेन र स्विटजरल्याण्ड रहेका छन् ।