• २०८१ बैशाख १२ बुधबार

सर्बियाका ‘वण्डर किड’ लुका जोभिकलाई रियल म्याड्रिडले भित्र्यायो 

kharibot

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले नयाँ खेलाडी भित्राएको छ । रियलले जर्मनी क्लब इनट्राचट फ्र्यांकफर्टबाट खेल्ने सर्बियाका खेलाडी लुका जोभिकलाई साइन गरेको हो ।

स्काई स्पोर्ट्सका अनुसार २१ बर्षिय जोभिकलाई रियलले करिब ६७ मिलियन डलरमा साइन गरेको हो । जोभिकले रियलमा ५ बर्षका लागि सम्झौता गरेको र प्रति सिजन लग्ब्ग ११ मिलियन डलर पारिश्रमिक लिने गरी सम्झौता गरेको बताइएको छ ।

जोभिकले फ्र्यांकफर्टका लागि यस सिजनमा २७ गोल गरेका छन् । सर्बियाका वण्डर किडको उपाधि पाएका जोभिक जिनेदिन जिदानको रियल म्याड्रिड टिम पुनर्निर्माणको पहिलो रोजाईमा परेका हुन् । रियल म्याड्रिडले जोभिकलाई करिम बेन्जामाको सट्टामा कल्बमा भित्राएको बताइएको छ ।

दुई बर्ष अघि नै बेनिफिकाबाट लोनमा फ्र्यांकफर्ट आएका जोभिकले गत अप्रिलमा मात्र फ्र्यांकफर्टका लागि पर्मानेन्ट ट्रान्सफर प्रक्रिया पुरा गरेका थिए ।

उनको प्रदर्शनको मद्धतले नै फ्र्यांकफर्ट युरोपा लिगको सेमिफाइनलसम्म पुगेको थियो ।

गत बर्ष क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि संकटमा परेको रियल म्याड्रिडले यस सिजनमा खराब प्रदर्शन गरेको थियो । यस बीचमा दुई प्रशिक्षकलाई बर्खास्त गरेको रियलले फेरी जिदानलाई भित्राएर क्लबलाई फेरी सफलता दिलाउन लागि परेको छ । 

रियलले यस सिजनमा इडेन हजार्डलाई भित्राउने लगभग निश्चित भएको छ भने नेइमारलाई समेत ल्याउने प्रयास गरिरहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै