• २०८१ बैशाख १३ बिहीबार

दक्षिण सुडानद्वारा कार्यक्षेत्रमा अनुपस्थित भएको आरोपमा ४० कूटनीतिज्ञलाई बर्खास्त

kharibot

जुबा । दक्षिण सुडानले बिहीबार विदेश मन्त्रालयसँग अनुमति नलिइकन खटाइएको क्षेत्रमा अनुपस्थित रहेका ४० कूटनीतिज्ञलाई पदबाट हटाएको जनाएको छ ।

सम्बन्धित मन्त्रालयलाई जानकारी नगराइकन गैरकानूनीरूपमा दक्षिण सुडानमा काम गर्दै आएका उनीहरूको देशको विभिन्न स्थानमा कार्यक्षेत्रमा अनुपस्थित उनीहरूलाई यस पहिले मन्त्रालयले एक पत्र लेखी काममा अनुपस्थित रहनुको कारणबारे स्पस्टिकरण सोधिएको थियो ।

विदेश मन्त्रालयका उपसचिव बाक वालेन्टिनो आकोलले भने,“बर्खास्तमा परेका अधिकारीहरूले आफू मातहतको विदेश मन्त्रालयको निरन्तरको निर्देशनलाई पालना नगरेकोले उनीहरूलाई काममा अनुपस्थित हुनाको कारणसहित ४५ दिने स्पष्टिकरण सोधिएको थियो ।” 

“उनीहरूबाट यसबारे जवाफ नआएपछि कारबाहीस्वरूप उनीहरूलाई वर्खास्त गरिएको छ ।”

अकेलले वर्खास्तमा परेका कूटनीतिक अधिकारीलाई उनीहरूले लिएका कूटनीतिक राहदानी तथा उनीहरूको परिवारले लिएका राहदानीहरू उनीहरूको नजिक रहेका दक्षिण सुडानको राजदूतावास तथा कूटनीतिक नियोगमा बुझाउनसमेत सूचना जारी गरेको छ ।

कारबाहीमा परेका अधिकारीको नाम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै