• २०८१ बैशाख १२ बुधबार

मदन भण्डारीको विचार नै हाम्रो आगामी बाटो हो – प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले अर्को पटक एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।  

तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अर्को पटक आफ्नो पार्टीको दुई तिहाई बहुमत आउने दाबि गरेका हुन् ।

विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यकर्ता पंक्तिलाई जथाभावी अभियक्ति नदिन निर्देशन समेत दिएका छन् । पार्टीका विषयमा सार्वजनिक रुपमा बोल्दा सोचेर बोल्न सबैलाई आग्रह गरे ।

अहिले सामाजिक संजाल, मिडिया र केहि बुद्धिजीवीहरु समेत सरकारको विरोध गरिरहेको भन्दै नबुझेर विरोधका लागि विरोध गरेको आफुले बुझेको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत राष्ट्रपतिले  'मेरो सरकार' भनेको विषयमा विरोध गरेकोमा आश्चर्य व्यक्त गर्दै पुरानो पार्टी, लोकतान्त्रिक पार्टी भन्नेले कुरा नबुझी विरोध गरेको बताए । प्रधानमन्त्री ओलीले अहिले राष्ट्रपतिमाथि भएको विरोध गणतन्त्रको विरोध भएको भन्दै यो कुनै व्यक्तिको विरोध नभई सिंगो व्यवस्था र गणतन्त्रको विरोध भएको बताए ।

प्रधानमन्त्री ओलीले स्वर्गीय मदन भण्डारीले अगाडी बढाएको विचारले नै अहिले पार्टी चलेको भन्दै आगामी दिनको बाटो पनि जननेता मदन भण्डारीले अगाडी सारेको विचारधारा नै रहेको बताए । 

अहिले निराशा फैलाउने काम भएको भन्दै यसलाई सरकारले काम गरेर रोक्ने बताए । प्रधानमन्त्री ओलीले सरकार भ्रष्ट्राचार नियन्त्रण गर्न लागि परेको भन्दै कहिँ कमजोरी भए सच्चाएर अगाढी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरण कै प्रक्रियामा रहेकाले यस्तो बेलामा पार्टी भित्र फुट ल्याउने प्रयास हुने र भइरहेको भन्दै यस तर्फ सचेत हुनुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै