• २०८१ बैशाख ७ शुक्रबार

रुपन्देहीको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर 

kharibot

रुपन्देही । प्रभु बैंकले रुपन्देही जिल्ला वुटवल उपमहानगरपालिका वडा नं. १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा प्रभु बैंक लि.को एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याईएको छ ।

बुटवल रामनगरस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले एक समारोहका विच बैंकको रामनगर एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका छन् ।

प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि बालकृष्ण थापाज्यूले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराउदै कार्यालयमा आउने सेवाग्राहीहरुलाइ कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गरी व्यवस्थित हुनेछ तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै