• २०८१ बैशाख ७ शुक्रबार

साताको सेयर : नेप्से १३ सय १८ अंकमा, चार अर्ब ९४ करोडको कारोवार 

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एक सय ७२ कम्पनीहरुको ५० हजार नौ सय ५३ वटा कारोवार भएकाछन । जसअनुसार एक करोड ५२ लाख ६४ हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ९४ करोड ९७ लाख ८१ हजार छ सय २४ रुपैयाँ पुगेको छ । 

कारोवार रकम गत साताको तुुलनामा बढी हो । गत साता भने एक सय ७१ कम्पनीहरुको ३८ हजार पाँच सय २५ वटा कारोवार भएका थिए । जसअनुसार एक करोड २४ लाख एक हजार आठ सय ३८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम तीन अर्ब ४६ करोड ८१ लाख ४३ हजार चार सय २३ रुपैयाँ पुगेको थियो । 

यो साता बजार परिसुचक १३ सय १८ दसमलव ७१ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८१ दसमलव ४४ अंकमा पुगेर रोकिएको छ । यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथो दिन नेप्से बढेको थियो भने पाँचौं दिन नेप्से घटेको थियो । 

सोही आधारमा पहिलो दिन बजार परिसुचक तीन दसमलव सात अंकले उकालो लागेर १२ सय ७७ दसमलव ६८ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५१ अंकले उकालो लागेर दुई सय ७७ दसमलव तीन अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसुचक छ दसमलव तीन अंकले बढेर १३ सय एक दसमलव ३४ अंकमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २१ अंकले बढेर दुई सय ७८ दसमलव  २४ अंकमा चढेको थियो ।

तेस्रो दिन बजार परिसुचक १४ दसमलव १२ अंकले उकालो लागेर १३ सय १५ दसमलव ४५ अंकमा चढेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव पाँच अंकले उकालो लागेर दुई सय ७९ दसमलव ७४ अंकमा चढेको थियो । साताको चौथो दिन पनि सेयर बजार परिसुचक पाँच दसमलव ५५ अंकले बढेर १३ सय २१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ५१ अंकले बढेर दुई सय ८२ दसमलव २५ अंकमा पुगेको थियो ।

साताको पाँचौ दिन भने सेयर बजार परिसुचक दुई दसमलव २९ अंकले घटेर १३ सय १८ दसमलव ७१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव८१ अंकले घटेर दुई सय ८१ दसमलव ४४ अंकमा पुगेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट, नेपाल क्रेडिट एण्ड कर्मश बैंक आदि परेकाछन । कारोवार भएको सेयर संख्याको आधारमा भने प्रभु बैंक, एनसीसी बैंक लगायतका कम्पनीहरु अगाडि देखिएकाछन । यसैगरी बजार पुंजीकरणका आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो कृषि बिकास बैंक, ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था लगायतका कम्पनीहरुको बोनस सेयर सुचीकृत भएकाछन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै