• २०८१ बैशाख ८ शनिबार

फ्राइडे रिलिज : 'बीर विक्रम २' र 'जात्रै जात्रा' को भिडन्त 

kharibot

काठमाडौँ । आजबाट देशैभर एकसाथ यस वर्षका निकै आश गरिएका दुई फिल्म 'बीर विक्रम २' र 'जात्रै जात्रा'  प्रदर्शनमा आएका छन् । 

यी दुई फिल्मको भिडन्तले पनि केही समययता फिल्म क्षेत्र तातेको छ । दुवै फिल्मका पहिलो भाग सुपरहिट भएकाले पनि दोस्रो संस्करणमा कसले बाजी मार्ला भन्ने कौतुहलता सबैमा रहेको छ ।

एकसाथ प्रदर्शनमा आएका कारण दुबै फिल्मलाई व्यावसायिक सफलता हासिल गर्नुपर्ने सबैभन्दा ठूलो चुनौती रहेको देखिन्छ ।

'बीर विक्रम २' लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । 'जात्रै जात्रा' का निर्देशक प्रदीप भट्टराई हुन् । दुबै, दर्शकले भरोसा गरेका निर्देशकमा पर्दछन् । दर्शकले दुबै फिल्मको गीतसंगीत र ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । 

दुई फिल्ममा बर्षा राउत र वर्षा शिवाकोटीको अभिनय रहेकाले यी दुई अभिनेत्रीको टक्करको रुपमा पनि आजको रिलिजलाई लिइएको छ ।

'जात्रै जात्रा' की वर्षा राउत सोलो हिरोइन हुन् । भने, 'बीर विक्रम २' त वर्षा सिवाकोटीकै वरिपरि घुमेको छ । 

'जात्रै जात्रा' मा वर्षाका अलावा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ ।

यस्तै, 'बीर विक्रम २' मा वर्षासँगै पल शाह, नाजिर हुसेन, बुद्धि तामाङको प्रमुख भूमिका छ । दुबै फिल्मले मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै