• २०८१ बैशाख ८ शनिबार

प्रियंका आयुष्मानको फिल्म प्रेम दिवसको ट्रेलर सार्वजनिक   

kharibot

काठमाडौँ । प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनित फिल्म ‘प्रेम दिवस’ को ट्रेलर सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको ट्रेलरमा प्रियंका र आयुष्मानको प्रेममा आउने उतार चढावलाई देखाउन खोजिएको कथा फिल्ममा रहेको देखिन्छ ।

म्युजिकल लभ स्टोरी समेटिएको फिल्ममा प्रियंका कार्कीसंगै आयुष्मन देशराज जोशी, नव-नायक विशाल खरेल लगायतको मुख्य भूमिका रहेको छ । 

फिल्म रियल मोसन पिक्चर्स प्रालीको ब्यानरमा सञ्जय न्यौपानेको निर्माण तथा योगेश घिमिरेको निर्देशनमा तयार भएको हो ।

प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा महाराजा थापा, महेश खड्का, बसन्त सापकोटा, करण सिंह कार्की र दीपक शर्माको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, बनिष शाहको सम्पादन रहेको छ ।

फिल्म ‘प्रेम दिवस’ को ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै