• २०८१ बैशाख ६ बिहीबार

राप्रपाले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरणलाई प्रभावकारी बनाउने 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउने भएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टीको विशेष बैठकले संगठन सुदृढिकरण र सक्रिय सदस्यता वितरण कार्यक्रमलाई अझ प्रभावकारी ढंगले अगाडी बढाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र सवै तहका कार्य समितिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकमा पार्टी र नेपाल सरकार वीचको वार्ताको सम्बन्धमा पार्टीका बरिष्ठ नेता दिपक बोहराले जानकारी गराएका थिए । बैठकले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथासिघ्र चाँडो दोश्रो चरणको वार्ता प्रारम्भ गर्न वार्ता समितिलाई निर्देशन दिएको छ । 

त्यस्तै जनसंघर्षको पहिलो चरणको समिक्षा र दोश्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदन माथि विस्तृत छलफल र समिक्षा बैठकमा गारिएको राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

साथै बैठकमा प्रदेश कार्य समितिका अध्यक्षहरुले प्रदेशको विद्यमान संगठनात्मक स्वरुप र भावि कार्ययोजना बैठकमा प्रस्तुत गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै