• २०८१ बैशाख ८ शनिबार

बायर्न म्युनिखले प्रशिक्षक निको कोभाकलाई हटाउने !  

kharibot

काठमाडौँ । जर्मनी फुटबलको महारथी बायर्न म्युनिखले यस सिजनको अन्त्यमा आफ्ना प्रमुख प्रशिक्षक निको कोभाकलाई हटाउने भएको थियो ।

गोल डटकमका अनुसार कोभाकबाट क्लब व्यवस्थापन सन्तुष्ट नभएकोले उनलाई हटाउने तयारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

बायर्न म्युनिखले यस सिजनमा च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा पनि नपुग्दै बाहिरिएको थियो भने जर्मनीको बुन्डेसलिगा जित्न पनि अब अनिम खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

शनिबार हुने अन्तिम लिग खेलमा बायर्नले इनट्राचट फ्र्यांकफर्टसँग खेल्दै छ । लिगमा बायर्न ३३ खेलमा ७५ अंकसहित शिर्ष स्थानमा रहेको छ भने बोरुसिया ड्रोटमण्ड ७३ अंकसहित दोस्रो स्थानमा रहेको छ । ड्रोटमण्डले भने अन्तिम खेलमा बोरुसिया एमग्लाडवाचसँग खेल्दै छ ।

बायर्न म्युनिखले बुन्डेसलिगामा पछिल्लो ६ सिजन लगातार उपाधि जित्दै आएको छ भने यस पटक भने सातौ पटक लगातार उपाधि जित्न संघर्ष गरिरहेको छ ।

क्रोसियाका पुर्व खेलाडी समेत रहेका कोभाकले यसै सिजनको शुरुमा बायर्नको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । यस अघि उनी फ्र्यांकफर्टको प्रशिक्षक थिए ।

बायर्नका पुर्व खेलाडी समेत रहेका कोभाक बायर्नमा प्रशिक्षक भएदेखि अहिलेसम्म ४७ खेल खेल्दै ३३ मा जित ९ बराबरी र ५ खेलमा हार बेहोरेका छन् । बायर्नसंग कोभाकले प्रशिक्षकको रुपमा डीएफएल सुपर कपको उपाधि जिताएका छन् ।

उनीसँग अझै बायर्नलाई यस सिजनमा दुई उपाधि जिताउने मौका रहेको देखिन्छ । शनिबार आफ्नै पुर्व क्लब फ्र्यांकफर्टमाथि जित हासिल गरेर लिग उपाधि जित्ने र मे २५ मा हुने डीएफबि पोकाल कपको फाइनलमा आरबि लेइपजिगविरुद्ध जित दिलाउने ।

कोभाकपछि बायर्नको प्रशिक्षक पदमा बायर्नकै पुर्व मिडफिल्डर तथा हाल नेदरल्याण्डको क्लब पीएसभीका प्रशिक्षक मार्क भान बोम्मेल र नेदरल्याण्डसकै अर्को कल्ब अयाक्सका प्रशिक्षक इरिक टेन हग चर्चामा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै