• २०८१ बैशाख ८ शनिबार

प्रशिक्षक अल्लेग्रीले युभेन्टस छोड्ने घोषणा 

kharibot

काठमाडौँ । इटालियन फुटबलको महारथी टिम युभेन्टसले आफ्ना प्रशिक्षक मासीमिलियानो अल्लेग्रीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेको छ ।

युभेन्टसले एक विज्ञप्ति प्रकाशित गर्दै अल्लेग्री अर्को सिजनमा क्लबसँग नहुने घोषणा गरेको हो ।

युभेन्टसले यस बारेमा अल्लेग्री र क्लबका अध्यक्ष आन्द्रेय एज्नेलीले शनिबार पत्रकार सम्मेलन गर्ने समेत जानकारी दिएको छ ।

अल्लेग्रीमाथि च्याम्पियन्स लिगमा क्वाटरफाइनलमा अयाक्ससँग हारेर बाहिरिए पछि प्रश्न उठिरहेको थियो ।

यो सँगै ५१ बर्षिय अल्लेग्रीको ५ बर्षे युभेन्टसको यात्राको अन्त्य हुने भएको छ । अल्लेग्रीको प्रशिक्षणमा युभेन्टस दुई पटक सन् २०१४-१५ र २०१६-१७ मा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो भने पाँचै सिजन इटालियन सिरी ए को उपाधि जितेको थियो । त्यस्तै गत चार सिजन लगातार जितेको इटालियन कोपामा भने यस सिजनमा क्वाटरफाइनलमा पराजित हुदै बाहिरिएको थियो ।

युभेन्टसमा अल्लेग्रीले कुल २६९ खेल खेल्दै १९१ जित, ४२ बराबरी र ३६ खेलमा हार बेहोरेका छन् ।

युभेन्टसबाट अल्लेग्री बाहिरिने भएपछि अब नयाँ प्रशिक्षकमा चेल्सीका पुर्व प्रशिक्षक एन्टोनियो कोन्टे र चेल्सीका हालका प्रशिक्षक मौरीजियो सारीको चर्चा रहेको छ ।                                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै