• २०८१ बैशाख १३ बिहीबार

नक्कली प्रमाणपत्रले जागिर खाने डिएसपीविरुद्ध मुद्धा दायर  

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बाबुराम अधिकारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले अधिकारीले   प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुदा माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कम) तहको शैक्षिक नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले अधिकारीले प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निज राष्ट्रसेवक बाबुराम अधिकारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै