• २०८१ बैशाख ७ शुक्रबार

जबजको गहन अध्ययन आवश्यक छ – मुख्यमन्त्री गुरुङ

kharibot

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनताको बहुदलीय जनवादका बारेमा गहिरो अध्ययन गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेकपा कास्कीद्वारा छब्बिसौँ मदन–आश्रित स्मृति दिवस एवं पार्टी एकताको प्रथम वार्षिकोत्सवका उपलक्ष्यमा पोखरामा आयोजित प्रवचन गोष्ठीमा उनले समाजको उत्पीडन र शोषण अन्त्यका लागि जबज महत्वपूर्ण कडी भएको बताएका छन् । 

मदन भण्डारीले प्रतिपादन गरेको कम्युनिष्ट पार्टी सिद्धान्त र विचार आयातित नभई मौतिकतामा आधारिता रहेको उल्लेख गर्दै उनले त्यसैका जगमा पार्टी अघि बढेको बताए ।

विनापरिश्रम कमिसनका आधारमा रातारात धनी बन्ने पूँजीवादी सोच कम्युनिष्ट पार्टीको चुनौती रहेकामा जोड दिँदै पार्टी इञ्चार्ज गुरुङले पार्टी कार्यकर्तालाई इमान्दार एवं जिम्मेवार बन्न आग्रह गरे ।

मुलुकमा गाँस, बास र कपाससहितको समृद्धिको आवश्यक रहेको बताउँदै उहाँले सरकारले समाजको आर्थिक र सामाजिक रुपान्तरण गर्ने किसिमका कार्यक्रम अघि बढाएको जानकारी दिए ।

नेकपा केन्द्रीय सदस्य चूडामणि जङ्गलीले कम्युनिष्ट पार्टी निर्माणसँगै जनताका आधारभूत आवश्यकता पूरा गर्ने चुनौति रहेको बताए । पार्टीले जनताका समक्ष निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई सफल पार्नसके मदन भण्डारी र जीवराज आश्रितले देखेका सपना साकार हुने विश्वास व्यक्त गरे ।

नेकपा कास्की जिल्ला कमिटीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेता रामराज रेग्मी, सचिव बखान सिं तमु लगायतले पार्टीभित्र गणेश प्रवृत्तिको अन्त्य गरी सुदृढ र एकताबद्ध सङ्गठनको आवश्यकता औँल्याए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै