• २०८१ बैशाख ८ शनिबार

वेस्टइन्डिजलाई पराजित गर्दै त्रिकोणीय सिरिजमाथि बंगलादेशको कब्जा 

kharibot

काठमाडौँ । बंगलादेशले आयरल्याण्डमा जारी त्रिकोणीय सिरिज जितेको छ । शुक्रबार राति सम्पन्न बर्षाले अवरोध गरेको खेलमा बंगलादेशले फाइनलमा वेस्टइन्डिजमाथि ५ विकेटको जित निकाल्दै सिरिज कब्जा गरेको हो ।

बर्षाले २४ ओभरमा घटाइएको खेलमा बंगलादेशलाई डीएल मेथड अनुसार २४ ओभरमा २१० रनको लक्ष्य दिइएकोमा बंगलादेशले २२.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बंगलादेशका लागि मोसाड़ेक होस्सैनले २४ बलमा आक्रामक ५२ रनको पारी खेलेका थिए । उनले २० बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । त्यस्तै सौम्य सरकारले ६८, मुशफिकुर रहमानले ३६, तामिम इकवालले १८, महमुदुल्लाहले १८ र मोहमद मिथुनले १७ रन बनाएका थिए ।

वेस्टइन्डिजका बलर शानोन गाब्रियल र रायमोन रेइफेरले २-२ विकेट लिए भने फाबियन एलेनले एक विकेट लिएका थिए ।

यसअघि वेस्टइन्डिजले टस हारेर पहिला ब्याटिंग गर्दै २४ ओभरमा एक विकेट गुमाउदै १५२ रन बनाएको थियो । वेस्टइन्डिजक लागि साइ होपले ७४ र सुनिल एम्ब्रिजले ६९ रन बनाएका थिए ।

योसँगै बंगलादेशले एकदिवसीय क्रिकेटको पहिलो त्रिकोणीय सिरिज जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै