• २०८१ बैशाख १३ बिहीबार

​​​​​​​ब्राजिलको कोपा खेल्ने टिममा मार्सेलो र भिनिसियस परेनन्  

kharibot

काठमाडौँ । ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताका लागि आफ्नो खेलाडीओ घोषणा गरेको छ ।

शुक्रबार घोषणा गरिएको टिममा रियल म्याड्रिडबाट खेल्ने युवा खेलाडी भिनिसियस जुनियरलाई बाहिर राखिएको छ ।

त्यस्तै रियल म्याड्रिडबाटै खेल्ने भेट्रान सेन्टरब्याक मार्सेलोलाई पनि कोपा अमेरिका खेल्ने टिमबाट बाहिर राखिएको छ । २००७ देखि कोपा अमेरिकाको उपाधि जित्न नसकेको ब्राजिलले टोटनह्यामबाट खेल्ने लुकास मौरालाई पनि बाहिर राखेको छ । मौराले अयाक्सविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लिगमा ह्याट्रिक गरेर टोटनह्यामलाई फाइनलमा पुर्याएका थिए ।

जुन १४ देखि जुलाई ७ सम्म हुने यस प्रतियोगितामा ब्राजिलले पहिलो खेल खेल्नु अघि कतार र होन्डुरससँग मैत्रीपूर्ण खेल खेल्ने छ ।

ब्राजिलले जुन १४ मा बोलिभियाविरुद्ध खेल्दै कोपामा आफ्नो शुरुवात गर्ने छ । ब्राजिल कोपामा समुह ए मा बोलिभिया, पेरु र भेनेजुएलासँग रहको छ ।

ब्राजिलको कोपा अमेरिका टिम : 

गोलकिपर : एलिसन (लिभरपुल), एडरसन (म्यानचेस्टर सिटी), कसिओ ( कोरिनथिआन्स)

डिफेन्डर : डानियल आल्भेज ( पिएसजी), फागनर (कोरिनथियान्स), फ्लिप लुइस (एथलेटिको म्याड्रिड), एलेक्स सान्ड्रो ( युभेन्ट्स), मिरान्डा (इन्टरमिलान), थियागो सिल्भा ( पिएसजी), मार्क्युइनहोस (पिएसजी), एडर मिलिटाओ (रियल म्याड्रिड)

मिडफिल्डर : केसेमिरो (रियल म्याड्रिड), फेर्नानडिन्हो ( म्यान सिटी), अर्थर (बार्सिलोना), एल्लन (नापोली), लुकास पाक्वेटा (मिलान), पिलिप कोटिन्हो (बार्सिलोना)

फरवार्ड : नेइमार (पिएसजी), रिचार्ड्सन (एभर्टन), डेभिड नेरेज (अयाक्स), एभर्टन (ग्रेमिओ), रोबेर्टो फिर्मिनो (लिभरपुल), गाब्रियल जिसस (म्यान सिटी)                  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै