• २०८१ बैशाख ८ शनिबार

काङ्ग्रेसद्वारा ‘उभौली पर्व’को शुभकामना

kharibot

काठमाडौँ । नेपाली काङ्ग्रेसले किरात समुदायले मनाउने  ‘उभौली पर्व’को शुभकामना व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गरी किरात समुदायले मनाउने उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका किरात समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सु–स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।

“विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा छन्, जसमध्ये उभौली पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ, आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै उभौली पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

काङ्ग्रेसले उभौली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै