लुम्बिनी क्षेत्रको विकासका लागि चरणबद्ध कार्यक्रम गरिने : प्रधानमन्त्री ओली

खरीबोट

कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले चरणबद्ध रुपमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले लुम्बिनीलाई ध्यान र ज्ञान क्षेत्रका रुपमा विकास गर्दै विश्व समुदायसँग अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे छलफल भइरहेको बताए । उनले लुम्बिनी क्षेत्रको तीव्रतर विकासका लागि अन्तर्राष्ट्रिय समुदायको साथको आवश्यकता रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बुद्धस्थल कपिलवस्तुको तिलौराकोटलगायतका स्थलहरुलाई समान ढङ्गलाई विकास गर्दै लैजाने प्रतिबद्धता जनाए । उनले तिलौराकोटले विश्वसामु नयाँ तथ्य उजागर गरेकाले त्यसको विकास र प्रवर्द्धनका लागि नयाँ ढङ्गले योजना बनाउने बताए ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय सरकार र प्रदेश सरकारको साथले लुम्बिनीको विकास र विश्वव्यापी प्रवर्द्धन गर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनीको काम तीव्र गतिमा हुनुपर्ने उल्लेख गर्दै उनले अन्य बुद्धस्थलको समेत उत्खनन् र तथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

प्रदेशका पर्यटनमन्त्री लीला गिरीले प्रदेश नं ५ सरकारले लुम्बिनी क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गरेको र यसले प्रदेश समृद्ध बन्ने आधार तयार पार्न सहयोग पुग्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले अबको तीन वर्षमा लुम्बिनी गुरुयोजना पूरा हुने र त्यसपछि लुम्बिनीको मुहार परिवर्तन हुने बताए । कार्यक्रममा लुम्बिनीको प्रवर्द्धनमा सहयोग पुर्‍याएको भन्दै राससकर्मी निरा गौतमसहित आठ जनालाई कदरपत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

बालबालिकामाथिको दुर्व्यवहार सह्य छैन : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाका विरुद्धमा हुने हिंसा, शोषण एवं दुव्र्यवहार कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।  राष्ट्रिय बाल दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अभिभावकविहीन

इन्द्रजात्रा अवलोकनमा प्रधानमन्त्री ओली अनुपस्थित !

काठमाडौं । शुक्रबार भएको इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्माको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राष्ट्राध्यक्षको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गरी श्रीकुमारीको दर्शन गर्न पुगेपनि प्रधानमन्त्री ओली

पर्वलाई पर्यटनसँग जोडौँ : प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् । इन्द्रजात्राको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपाल यति बेला आर्थिक, सामाजिक

प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि शिक्षण अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान, महाराजगन्ज पुगेका छन् । सिंगापुरमा उपचार गरी गतसाता फर्किएका ओली नियमित फलोअपका लागि शिक्षण अस्पतालिस्थत मनमोहन कार्डियो पुगेका हुन् । ओली


z