• २०८१ बैशाख १३ बिहीबार

सिरहामा जङ्गली आक्रमणमा परी एक वृद्धाको मृत्यु

kharibot

सिरहा । जङ्गली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ ।

चुरे जङ्गलबाट आएको हात्तीले गए राति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

हात्तीले गोलबजार नगरपालिका– १ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै