• २०८१ बैशाख १३ बिहीबार

अन्तिम खेलमा एथलेटिको म्याड्रिड बराबरीमा रोकियो

kharibot

काठमाडौँ । स्पेनिस ला लिगाको अन्तिम खेलमा एथलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा एथलेटिको म्याड्रिड लेभान्टेसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

लेभान्टेका लागि रोजेर मार्टी र इरिक कोबाकोले एक एक गोल गरेका थिए भने एथलेटिको म्याड्रिडका लागि रोड्री हेर्नानडेज र सर्जियो कामेलोले एक एक गोल गरेका थिए । १८ बर्षिय कामेलोले ला लिगामा कम उमेरमा गोल गर्ने तेस्रो युवा खेलाडी समेत बनेका छन् ।

खेलको ५१औ मिनेटमा एथलेटिकोका आन्द्रे कोरेयाले रातो कार्ड पाएपछि एथलेटिको १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफमा २ गोलले पछि परेको एथलेटिकोले दोस्रो हाफमा कमब्याक गर्दै खेल बराबरी गरेको थियो ।

यो खेलसँगै एथलेटिकोले दोस्रो स्थानमा रहदै यस सिजनको अन्त्य गरेको छ । एथलेटिकोको ३८ खेलमा ७६ अंक भएको छ । त्यस्तै लेभान्टेको भने ३८ खेलमा ४४ अंक भएको छ र लिगमा १४औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै