• २०८१ बैशाख ८ शनिबार

बायर्न म्युनिखले लगातार सातौ पटक बुन्डेसलिगाको उपाधि जित्यो 

kharibot

काठमाडौँ । जर्मनी फुटबलको महारथी बायर्न म्युनिखले लगातार सातौ पटक बुन्डेसलिगाको उपाधि जितेको छ ।

शनिबार भएको लिगको अन्तिम खेलमा इनट्राचट फ्र्यांकफर्टसँग ५-१ गोल अन्तरले विजयी हुदै लगातार सातौ पटक लिगको उपाधि जितेको हो ।

फ्र्यांकफर्टविरुद्धको जितमा बायर्नका लागि किंग्सले कोम्यान, रोनाटो सान्चेज, फ्र्यांक रिबेरी,आर्जे रोबेन र अलावाले एक एक गोल गरेका थिए । त्यस्तै फ्र्यांकफर्टका लागि हलेरले एक गोल फर्काएका थिए ।

पहिलो हाफमा १-० ले अगाडी रहेको बायर्नले दोस्रो हाफमा ४ गोल गरेको थियो । कोम्यानले खेलको चौथो मिनेटमा नै गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए ।

बायर्न म्युनिखले सन् २०१२-१३ सिजन देखि लगातार जर्मनी लिग बुन्डेसलिगाको उपाधि जित्दै आएको छ । बायर्नले पछिल्लो २१ सिजनमा १५ पटक लिगको उपाधि जितेको छ ।

बायर्नको यो २८औ बुन्डेसलिगाको उपाधि हो । बुन्डेसलिगामा बरुसिया ड्रोटमण्ड दोस्रो भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै