• २०८१ बैशाख ७ शुक्रबार

मैले भने जस्तो भएन भने छोडीदिन्छु – जिनेदिन जिदान 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले क्लबमा आफुले भनेको नभए आफुले क्लब छोड्ने स्पष्ट गरेका छन् ।

ला लिगाको अन्तिम खेल खेल्नु अघि गरिएको पत्रकार सम्मेलनमा जिदानले क्लबमा कुन खेलाडीलाई खेलाउने र नखेलाउने निर्णय आफुले नै लिने स्पष्ट गरेका छन् ।

यस सिजनमा क्लबको असफलतापछि क्लबमा फर्किएका जिदान अहिले क्लबलाई नयाँ र शसक्त टिम बनाउने अभियानमा रहेका छन् ।

आउदो सिजनमा रियल म्याड्रिडका कुन कुन खेलाडीले क्लब छोड्छन् भन्ने विषय अहिले पनि अनिश्चित रहेको छ । जिदानको पहिलो निशानामा वेल्सका ग्यारेथ बेल रहेको देखिएको छ भने बेलले आउदो सिजनमा रियलमा नखेल्ने निश्चित प्राय: रहेको बताइएको छ । 

पछिल्लो २ खेलमा बेललाई बाहिर राखेका जिदानले सिजनको अन्तिम खेलमा टिममा राखेका छन् भने रियल बेटिसविरुद्धको यो खेल बेलको अन्तिम खेल हुने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यस्तै लामो समय रियलको गोल किपर रहेका केयलोर नाभासको भविष्य पनि रियलमा अनिश्चित बनेको छ । उनलाई पनि सिजनको अन्तिम खेलमा मौका दिइएको छ ।

त्यस्तै रियलले यस सिजनमा चेल्सीका इडेन हजार्ड, पिएसजीका नेइमार जस्ता खेलाडीलाई भित्राउने तयारी गरेको छ ।    

जिदानले मिडियासँगको कुराकानीमा बाहिर रियलको विषयमा धेरै किसिमका कुरा भएको भएपनि अहिले आफु केहि बताउने पक्षमा नभएको बताएका छन् ।

आउदो सिजन को खेल्छ भन्ने निर्णय मेरो भएको भन्दै जिदानले भने, ‘’ म टिमको प्रशिक्षक हुँ, मैले जहिले पनि त्यहि गर्दै आएको छु जे मैले गर्न चाहन्छु । यदि त्यसो भएन भने मैले छोडीदिन्छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै