• २०८१ बैशाख ७ शुक्रबार

बायर्नबाट रोबेन र रिबेरीको सुखद बिदाई 

kharibot

काठमाडौँ । बुन्डेसलिगामा शनिबार बायर्न म्युनिखले लगातार सातौ पटक लिगको उपाधि जित्यो ।

जर्मनी फुटबलको महारथी बायर्नका दुई सुपरस्टार आर्जेन रोबेन र फ्र्यांक रिबेरीले उपाधि जितसँगै क्लबसँग आफ्नो दशक लामो सहयात्रा टुंगाएका छन् । लिगको आफ्नो अन्तिम खेल खेलेसँगै दुवैका आँखाबाट आएका आँसुले पनि उनीहरुको क्लब प्रतिको लगाव र प्रेम दर्शाउछ ।     

नेदरल्याण्डसका ३५ बर्षिय रोबेन बायर्नसँग १० बर्ष लामो सहयात्रालाई टुंगाएका हुन् ।

सन् २००९-१० मा रियल म्याड्रिडबाट बायर्नमा आएका रोबेनले बायर्नमा १० सिजनमा कुल ३०९ खेल खेल्दै १४४ गोल गरेका छन् ।

बायर्नका लागि खेलेका १० सिजनमा ८ बुन्डेसलिगाको उपाधि जितेका छन् भने एक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । 

त्यस्तै जर्मनी कै डिएफएल सुपरकपको उपाधि ५ पटक र डिएफबि पोकलको उपाधि ४ पटक जितेका छन् । त्यस्तै युइएफ़ए सुपर कपको उपाधि एक पटक जितेका छन् । 

लिगको अन्तिम खेल जितेर उपाधि जित्दै क्लबबाट बिदा भएका रोबिनले क्लबमा आफ्नो क्यारियरको सुखद अन्त्य भएको बताए । आफ्नै फ्यानका अगाडी क्लबलाई उपाधि जिताएकोमा खुशी व्यक्त गर्दै यो जित महत्वपूर्ण भएको बताए ।

आफ्नी क्यारियरमा ग्रोनिनजेन, पीएसभि, चेल्सी, रियल म्याड्रिड र बायर्न म्युनिखमा व्यावसायिक फुटबल खेलेका छन् । अझै पनि उनी कुनै क्लबमा आवद्ध हुने रिपोर्ट आएको भएपनि यस बारेमा उनले अझै स्पष्ट पारेका छैनन् ।

त्यस्तै बायर्नका अर्का स्टार खेलाडी फ्र्यांक रिबेरीले पनि क्लबसँगको १२ बर्षको सहयात्रा टुंगाएका छन् । ३६ बर्षिय फ्रेन्च फुटबलर रिबेरीले १२ सिजन बायर्नमा खेल्दा कैयौ उपाधि जितेका छन् ।

उनले बायर्नबाट खेल्दा ९ पटक बुन्डेसलिगाको उपाधि जितेका छन् । त्यस्तै एक पटक च्याम्पियन्स लिग, त्यस्तै जर्मनी कै डिएफएल सुपरकपको उपाधि ५ पटक र डिएफबि पोकलको उपाधि ५ पटक जितेका छन् । त्यस्तै युइएफ़ए सुपर कपको उपाधि एक पटक जितेका छन् ।

रिबेरीले आफ्नो व्यावसायिक फुटबल क्यारियरमा बोउलोग्ने, आलेज, ब्रेस्ट, मेट्ज, गालाटासारे, मार्सेली र बायर्न म्युनिखबाट फुटबल खेलेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै