• २०८१ बैशाख ८ शनिबार

मृत्युको रहस्य थाहा पाउन खोज्दा गयो ज्यान 

kharibot

भारत । भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका एक छात्रले विश्वविद्यालयको पुस्तकालयमा आत्महत्या गरेका छन् ।

छात्रको शव पुस्तकालयको एक पंखामा झुण्डिरहेको पाइएको थियो । मर्नुभन्दा अगाडि छात्रले एक प्राध्यापकलाई ईमेल गरेर आत्महत्याको बारेमा बताएका थिए । 

पंखामा झुण्डिन उनले टेलिफोनको तारको प्रयोग गरेका थिए । शुक्रवार दिउँसो मात्रै घटना भएको थाहा पाइएको नवभारत टाइम्सले एक समाचारमा उल्लेख गरेको छ । मृतक ऋषि जे. थोमस एमए अन्तिम वर्षका छात्र थिए ।

मर्नुभन्दा पहिले छात्रले एक प्रोफेसरलाई सुसाइड नोटको रुपमा एक ईमेल पठाएको त्यहाँका स्थानीय प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मेलमा थोमसले मृत्युलाई भौतिक रुपमा जान्न धेरै दिनदेखि इच्छा भएको उल्लेख गरेका छन् । 

थोमस मृत्युको जान्न उत्सुक भएको बताइएको छ । मानिस कसरी मर्छ र मृत्यु कसरी आउँछ भन्ने जान्न नै थोमसले यस्तो गरेको प्रहरीको अनुमान छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै