• २०८१ बैशाख १३ बिहीबार

संसदको अभिलेखमा मेटिएको प्रधानमन्त्रीको बोली !

kharibot

काठमाडौँ । एक : ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ’ –सभामुख कृष्णबहादुर महरा, बैशाख २७, संसदको बैठकलाई रुलिङ गर्दै । 

दुई : ‘मैले असंसदीय शब्द प्रयोग गरेको थिइनँ । बरु अरुले, नेपाली कांग्रेसका सांसदहरुले  प्रयोग गरेका उत्ताउला, अमर्यादित र असंसदीय शब्द सभामुखले  अभिलेखबाट हटाएका हुन । संसद् मर्र्यािदत थलो भएकाले यसको मर्यादा राख्नुपर्छ भन्नेमा आफू स्पष्ट छु ।

विगतमा सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ भन्नेहरू अहिले गणतन्त्रका आधारभूत संस्था र राज्यका सर्वोच्च निकायमाथि अपमान हुँदा चुप लागेका छन् । मुलुकको सर्वोच्च संस्थालाई अपमान गरेर बहादुरी ठान्ने प्रवृत्ति गणतन्त्रमाथिको हमला हो ।  यो अनाहक र अनुचित ढङ्गले आएको छ’ –प्रधानमन्त्री केपीशर्मा ओली, जेठ १, आफनोबोली संसदको अभिलेखबाट नहटेको दावी गर्दै ।  

तीन :  सभामुखको अभिलेखबाट हटाउने यस्तो रुलिङपछि नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीले बोलेका विषय मात्र किन रेकर्डबाट हटाउने भन्दै आपत्ति जनाएपछि सभामुख महराले विपक्षी सांसदहरुले बोलेका असंसदीय भाषासमेत समेटिएको भन्दै थामथुम पारेका थिए’ – समाचार ।

चार :  ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २४ गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा उपस्थित भए । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले भने, ‘प्रश्न जिज्ञासाहरुका लागि धन्यवाद ! आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरु वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु ’ –एक समाचार । 
माथिका यी चारवटा विवरणलाई एकठाउँमा राखियो भने प्रधानमन्त्रीले गरेका अमर्यादित शव्द नवोलेको भन्ने दावी लाग्दैन, खट्दैन ।  उनले मेरा भनाइ मेटिएको होइन भनेपनि मेटिएको चाहि उनकै भनाइ हो  । संसदमा रेकर्ड रहेका विवरणहरुले नै यो कुरा वताउछन् ।

जस्तो :

पहिलो, सभामुखले ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा’  भन्ने बोलीले नै रेकर्डबाट प्रधाानमन्त्रीको नै बोली हटेको वा हटाउनु परेका भन्ने आफै  बुझाउछ । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री बाहेक अरुले स्पष्टीकरण दिनेकुरा आउँदैन जो सभामुखकै सम्वोधनमा यो कुरा उल्लेख भएको छ ।

दोस्रो,  अभिलेखबाट हटाउने यस्तो रुलिङपछि नेकपाका सांसद खगराज अधिकारीले ‘प्रधानमन्त्रीले बोलेका विषय मात्र किन रेकर्डबाट हटाउने ?’ भनी गरेको पश्नले पनि प्रधानमन्त्री कै बेली तर्फ संकेत हुन्छ । सत्तापक्षका यी साँसदलाई नै यो रुलिङ प्रधानमन्त्रीले त्यसदिन बोलेका शव्द प्रति थियोभन्ने लाग्यो । 

तेस्रो, त्यसदिन प्रधानमन्त्रीले बोलेका शव्दको अर्थ हेरियो भने ती शव्दले संसदमा सांसदहरु र उनका बोली–प्रस्तुतीलाई कुन हदसम्म अपमान गर्न खोजिएको रहेछ भन्ने  अझ धेरै प्रष्ट हुनेगरी बुझाउछ । माथिका यी तीन मध्ये दुइ विवरण अहिलेसम्म संसदको अभिलेखमा छन् । हटाइएको भने तेस्रो मात्र हो जो प्रधानमन्त्रीले बोलेका थिए । 

प्रधानमन्त्रीका शव्द र अर्थ 

प्रधानमन्त्रीबाट त्यसदिन सांसदका प्रश्नको उत्तर दिने क्रममा प्रयोग गरिएका वा प्रयोग गर्न रोजिएका आक्रोश, कुण्ठा र निम्छरो भन्नेशव्दका  नेपाली बृहद शब्दकोशमा अर्थ यस्तो छ :

आक्रोश— ना० (सं०) १. क्राधेपर्वूक कठोर वा कर्कश स्वरमा गरिने भत्सर्ना । २. गाली वा निन्दा गर्दै गरिने सराप । ३. चिच्च्याहट । ४. रिसस जङ ।

कुण्ठा— ना (सं) १. कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना । २. प्रगतिका कार्यमा बाधा पुर्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव । ३. बाधा– अड्काउस अवरोध । — ग्रस्त— वि० लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेकोस प्रतिभा नपुरेको, कुण्ठाले युक्त, कुण्ठित । कुण्ठित— वि० (सं०) १. हे० कुण्ठाग्रस्त । २. धार दोब्रिएको, भुत्ते (हतियार) । ३. मन्दबुद्धि भएको । ४. बीचमै रोकिएको, अवरुद्ध (विचार, भावना आदि) ।

निम्छरो— वि० (सं) निम्नस्तर) १. धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजकु स्थितिको, कमजोर । २. दुब्लो–पातलो, निर्बलियो । 

अमर्यादित हुन यी मध्येका कुनै एउटा शव्द नै पर्याप्त थिए होलान तर यहाँ त पचास भन्दापनि बढी शव्द प्रयोग भएछन् संसदका सदस्यलाई होच्याउन । प्रधानमन्त्रीले आफुले मर्यादा भंग नगरेको भनी वताइरहँदा यी शव्दको प्रयोगको अर्थले एउटा अर्को सार्वजनिक झुठ बोलेको पोल खोल्छन र यस्ता शव्द मर्यादित नै हुन भने अमर्यादित चाहिँ कस्ता होलान ? भन्ने प्रश्न उठछ ।   

प्रधानमन्त्री ओलीले त्यसदिन प्रयोग गरेका यतिधेरै गाली मध्येको एउटा ‘निम्छरा’ ले मात्रै पनि धेरै भएको बुझाउछ । यसको अर्थ हो संसदमा प्रधानमन्त्रीले सांसदहरुलाई धन, बुद्धि, विद्या आदि सबै कुराबाट नाजुक स्थितिको, कमजोर,  दुब्लो पातलो र निर्बलियो  देखे ।

यो आरोप होइन । प्रधानमन्त्रीको  मुखबाट प्रकट भएको शव्दको अर्थमात्र हो । यी शव्दबाट यतिकुरा बुझाउछन भनी जानी बुझिकन प्रयोग भएको देखिन्छ वा बुझाउछ ।  यही हो यी शव्द संसदमा रेकर्ड राख्न लायक नभएको भनी त्यसलाइ डिलिट गरिएको कुरापनि । तर संसदको अभिलेखमा डिलिट भएपनि सर्वसाधारणको मनबाट चाहि हटन सकेको अवस्था छैन ।   

रेकर्डबाट हटने पहिलो 

प्रधानमन्त्रीका आजसम्म बोलेका कुनैपनि बोली विवादरहित भएनन् । ओलीको पहिलो कार्यकाल अलिकम थियो तर दोस्रो कार्यकालमा त अतिनै भएको महसुस आमतहमा भयो । हरेक कुरा उनले व्यंग्य गरेका हुन कि सत्य बोलेका भन्ने छुट्याउनै गाहारो पर्ने भयो ।

दुइतिहाइ सख्याको  सरकार प्रमुख प्रधामनमन्त्रीले आफनो नीति र कार्यक्रमलाई संसदमा अझ प्रष्ट पार्न खोज्दा संसदले उनको बोलीलाई दुई दिनमात्र पनि रेकर्डमा राख्न सकेन । फलतः ओली नेपालको इतिहासमै पहिलोपटक त्यस्तो प्रधानमन्त्रीका रुपमा दर्ज भए जसको बोलीलाइ संसदको रेकर्डबाट हटाउन पर्यो । 

ओली नेकपाका संसदीय दलका नेता हुन भने उक्त पार्टीका अध्यक्ष पनि । उनले बोलेको विषयलाई सभामुखले रुलिङ गरेर रेकर्डबाट हटाउन निर्देशन दिनु परेको अवस्था समान्य होइन ।  प्रधानमन्त्रीको बोली संसदको अभिलेखबाट हटेको बैशाख २७ को यो घटनाले त्यही बुझाउछ । सभामुख अर्को पार्टीको भए पनि आग्रह राखेको हो कि भन्ने एउटा शंका गर्ने ठाउ रहने थियो । यस्तो निर्देशन त्यस्तो व्यक्तिबाट भयो जो नेकपाकै नेता हुन । यसले बुझाउछ वाध्यात्मक अवस्था भएर मात्र प्रधानमन्त्री ओली रेकर्डबाट हटाइएका हुन् । यो पनि यस्तो बेला भयो जुन बेला उनी विदेशको औपचारिक भ्रमणमा थिए । यसले यो भाषण अभिलेखमा बढी समय राख्दा झनै बढी क्षति हुने अवस्थाको आकलन भएको तर्फ संकेत गर्छ । 

वाच्य अवाच्यको कुरा 

अभिलेखबाट हटाइएको यो घटनाले  बुझाउने अर्को कुरा हो प्रधानमन्त्रीका बोली कति अवाच्य हुँदा रहेछन । प्रधानमन्त्रीको पद संसदको नेता पनि हो । संसद भनेको सरकारले प्रस्तुत गरेका कामकुरा मात्र गर्ने निकाय हो । त्यो काम कुरा निसृत वा आश्रित हुने पदाधिकारी हो प्रधानमन्त्री । जव संसदमा यस्ता पदाधिकारी नै यस्ता अमर्यादित शव्द बोल्छन भने त्यसपछि कसले कसको भरपर्ने र कसले कसको मर्यादा राख्ने भन्ने प्रश्न उठछ । नेता नै अनुकरणीय भएनन भने कार्यकर्ताबाट त त्यस्तो आशै गर्न सकिन्न जो स्वाभाविक पनि हो ।  

त्यसदिनको कार्यविवरण 

यो सन्दर्भमा आम तहमा आएका समाचार टिप्पणी  फेरी एकपटक हेरौं  – सरकारले प्रस्तुत गरको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा बैशाख २४ मा संसदमा प्रधानमन्त्री ओलीसहित विपक्षी सांसदले बोलेका केही शब्द असंसदीय भएको भन्दै हटाउन सभामुख कृष्णबहादुर महराले २७ बैशाखको संसद बैठकमा रुलिङ गरेका हुन । यसले नेपालको इतिहासमै पहिलोपटक प्रधानमन्त्रीले बोलेको विषयलाई सभामुखले रुलिङ गरेर रेकर्डबाट हटाउन निर्देशन दिएको अवस्था आयो इतिहासमै लेखिने गरी । यसले कम्युनिष्ट पार्टीको शासन कतातिर जादैछ भन्ने पनि संकेत गर्छ । सरकार नीति काम वा जे भनौ सबैकुरा आउने ठाउँ बोलीनै हो । नेताका त्यस्ता वोलीमा यो हद सम्मको दूर्वाच्य हुन्छ भने अरुकुराको अन्दाजा गर्न सकिन्छ नै ।   

त्यसदिन सभामुख महराले प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै भने, ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्री ज्यूले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नरहेका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’ नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘कुण्ठा युक्त र निम्सरा प्रश्नको जवाफ दिन्न’ भनेपछि संसदमा विवाद भएको थियो । सभामुखको रुलिङपछि नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीले बोलेका विषय मात्र किन रेकर्डबाट हटाउने भन्दै आपत्ति जनाएपछि सभामुख महराले विपक्षी सांसदहरुले बोलेका असंसदीय भाषासमेत समेटिएको भन्दै थामथुम पारेका थिए । स्वाभाविक छ प्रधानमन्त्रीले यस्ता बचन प्रयोग गरेपछि त्यसको प्रतिकृयामा संसदहरुले पनि त्यस्तै केही बोले होलान तर कहा प्रधानमन्त्री र कहाँ सासद । सभामुख महराको भनाइमान्ने हो भने त यहा सांसदहरुपनि पर्दैनन । सम्वाोधन प्रधानमन्त्रीले बेलेकामा छ र  विपक्षी सांसदहरुले बोलेका असंसदीय भाषासमेत समेटिएको भन्नेकुरा प्रतिकृयामा आएका हुन । त्यो नसमेटिएको पनि हुन सक्तछ । तर पदीय हिसावले प्रधानमन्त्री र सांसदको हैसियत धेरैनै फरक हुन्छ । 

विपक्षीको माग 

रुलिङको विषयलाई लिएर नेकपाभित्र कुनै त्यस्तो प्रतिकृया आएन । ओलीनिकट समूह ‘सभामुखको रुलिङ हामीलाई चित्त बुझेको छैन, यसबारे पार्टीमा छलफल हुन्छ,  रुलिङ नै गर्नुपर्ने गरी प्रधानमन्त्री ज्यूले बोल्नुभए जस्तो हामीलाई लाग्दैन भन्ने सम्मका कुरा त आयो तर नाम खोलेर कसैलेपनि यस्तो प्रतिकृया दिएको पाइएन । यो दलको संसदीय दलका उपनेता त नेपालमै थिए । यस्तो प्रधानमन्त्रीको भनाइ  रेकर्र्डबाट हटाइएको बारे उनको पनि कुनै प्रतिकृया आएन । 

विपक्षीको ठहर सत्य भयो ।  सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जबाफ दिने क्रममा प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाइयोस भनी विपक्षीले त्यसैदिनमाग गरेका थियो । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जबाफ दिने क्रममा ‘निम्छरो’ शब्द प्रयोगप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीले नाराबाजी गरिहेकै बेला सभाममुखबाट यो कार्यक्रम पारित भएको घोषणा गरिएको थियो  प्रतिनिधिसभाको सोदिनको बैठकमा छलफलमा उठेका प्रश्नको जबाफ दिएपछि प्रधानमन्त्रीलाई पुनः सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरू वास्ता नगरेर प्रश्नको जवाफ दिन्छु’ भन्ने शब्दावली प्रयोग गरेकामा यस्तो विरोध आएको हो । त्यसपछि प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाउँदै यो शब्दावली अभिलेखबाट हटाउन माग गरेको थियो । पछिल्लो  बैठक सुरुमै सभामुख महराले प्रधानमन्त्रीले स्पष्टीकरण दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा प्रतिकूलका शब्द रेकर्डबाट हटाइएको जानकारी गराए  । 

विगतमा कस्तो ? 

विगतमा बोली कसका  कस्ता थिए, कसकसका बोली हटे भन्ने भन्दापनि संसदमा प्रधानमन्त्रीले बोलेका शब्द अभिलेखबाट हटाइएको यो पहिलोपटक नै हो । २०४८ सालपछि निरन्तर निर्वाचित सांसद हृदयेश त्रिपाठीका अनुसार ‘मन्त्री र सांसदले बोलेको शब्द गैरसंसदीय भनेर रेकर्डबाट हटाइएको इतिहास छ तर प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाएको थाहा छैन ।’ सांसद त्रिपाठी तत्कालीन एमालेको चुनाव चिन्हबाट निर्वाचित हुन् । अर्थात सत्तारुढ दलकै सदस्य । उनले दिएको जानकारी बढी आधिकारिक होला  । 

विगतमा केही उदाहरण कायम छन । २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभा बैठकमा तत्कालीन माओवादी सांसद लोकेन्द्र बिष्टले संसद्भित्रै पेस्तोल लिएर आउने चेतावनी दिएका थिए । उनले बोलेको सो वाक्य तत्कालीन सभामुख सुवास नेम्वाङले अभिलेखबाट हटाउन लगाएका थिए । यस्तै २०६४ सालमा गठित संविधानसभा बैठकमा तत्कालीन माओवादीका सांसद गोपाल किरातीले ‘संविधान जारी गर्न नदिए नदिनेलाई खरानी बनाएर खरानीमाथि संविधान जारी गर्ने’ अभिव्यक्ति दिएका थिए । संविधानसभाका तत्कालीन अध्यक्ष  नेम्वाङले सो शब्द तत्कालै अभिलेखबाट हटाएका थिए ।

संविधानसभाको पहिलो निर्वाचनपछि व्यवस्थापिकाको हैसियतमा बसेको संसद् बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले ‘६ सय एक सांसद, भेडीगोठ जस्तो भयो, संविधान बनाउन सकेन भन्ने अभिव्यक्ति दिएपछि उनले बोलेको ‘भेडीगोठ’ शब्द अभिलेखबाट हटाइएको थियो ।

२०१६ सालमा पनि एकजना सांसदले ‘नालायक’ शब्द प्रयोग गरेपछि तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले सो शब्द अभिलेखबाट हटाउन लगाएका थिए । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै