• २०८१ बैशाख ७ शुक्रबार

पितासँग पहिलो पटक काम गर्दै आलिया, सडक-२ को शुटिंग शुरु 

kharibot

मुम्बई । बलिवुडको सन् १९९१ मा बनेको चर्चित फिल्म सडकको सिक्वेलको सुटिंग सुरु भएको छ ।

सडक-२ की प्रमुख अभिनेत्री आलिया भट्टले फिल्म शुटिंगको पहिलो क्ल्यापको फोटो सार्वजनिक गर्दै फिल्मको शुटिंग शुरु भएको जानकारी दिएकी छन् ।

फिल्मलाई आलियाकै पिता महेश भट्टले निर्देशन गर्दै छन् । आलियाले आफ्नो पिताको निर्देशनमा पहिलो पटक काम गर्न थालेकी हुन् ।

यस अघि कैयौ सुपरहिट फिल्ममा काम गरेकी आइलिया सन् २०१२ मा स्टुडेन्ट अफ द इयरबाट बलिवुडमा आएकी हुन् । ७ बर्षमा आफ्ना पिताको निर्देशनमा पहिलो पटक काम गर्न लागेकी अलियाले आफ्ना पितासँग काम गर्दा आफु नर्भस भएको बताएकी छन् ।

आलियाले आफुले आफुलाई सानो मुसा जस्तो महसुस गरेको, जो अति नै सुन्दर र भावनात्मक पहाडमा चढ्ने कोशी गरिरहेको छ ।, उनले भनेकी छन्, 'मलाई आशा छ की म टपमा पुग्न सक्ने छु, यदि म तल खसे बहने पनि फेरी खडा हुने छु । चढ्ने मुस्किल काम हो तर मैले देखेकी छ र सुनेकी छु कि सहि कदम कहिल्लै व्यर्थ जादैन ।'

सडक-२ मा आलियासँगै आदित्य रोय कपुर, संजय दत्त र पुजा भट्टले अभिनय गर्दै छन् । त्यस्तै यस फिल्ममा गुलशन ग्रोभर र मकरंद देश पाण्डेको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

फिल्म आगामी नोभेम्बर १५ मा रिलिज हुने बताइएको छ ।                             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै