• २०८१ बैशाख ७ शुक्रबार

त्रिशुलीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)  

kharibot

धादिङ । धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदिमा बस खस्दाँ मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन् । मृत्यु भएका चार जनाको सनाखत हुन सकेको छैन।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो ।

दुर्घटनामा घाईते भएका २३ जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्य घाईतेहरुको धादिङस्थित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।  बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो ।

बसमा कतिजना यात्रु थिए भन्ने खुल्न सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै