• २०८१ बैशाख १३ बिहीबार

डिफेन्डर भिन्केन्ट कम्पनीले म्यानचेस्टर सिटी छोडे 

kharibot

काठमाडौँ । म्यानचेस्टर सिटीका कप्तान भिन्केन्ट कम्पनीले क्लब छोड्ने भएका छन् ।

सिटीले एक विज्ञप्ति जारी गर्दै कम्पनीले क्लबसँगको ११ बर्ष लामो सहयात्रा टुंगाउने निर्णय गरेको जानकारी दिएको छ ।

गएराती वाटफोर्डविरुद्धको एफए कपको फाइनल खेल्ने क्लबमा कम्पनीको अन्तिम खेल भएको सिटीले जानकारी दिएको छ ।

कम्पनी सिटीमा आएपछि सिटीले चार प्रिमियर लिग उपाधी, दुई एफए कप उपाधि, चार लिग कप उपाधि र २ कम्युनिटी शिल्ड जितेका छन् ।

सन् २००८ मा जर्मनी क्लब हम्बर्गरबाट सिटीमा आएका कम्पनीले आफ्नो ११ बर्षको आफ्नो क्यारियरको क्रममा ३३ बर्षिय कम्पनीले ३६० खेल खेलेका छन् भने २० गोल समेत गरेका छन् ।

सिटीले कम्पनीको सम्मानमा आगामी सेप्टेम्बरमा एक विशेष खेलको आयोजना गर्ने जनाएको छ ।

बेल्जियमका डिफेन्डर कम्पनीले क्लबमा आफ्नो ११ बर्षे यात्रा विशेष रहेको भन्दै आफुले क्लब छोड्ने यो सहि समय भएको ठानेर छोड्न लागेको प्रतिक्रिया दिएका छन् ।

कम्पनीले आफ्नो अगाडीको क्यारियरका बारेमा भने केहि बताएका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै