• २०८१ बैशाख ११ मंगलबार

राजपामा अध्यक्ष मण्डल नरहने

kharibot

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) मा महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने भएको छ ।

बिहीबारदेखि पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय अध्यक्ष मण्डलको बैठकले पार्टी विधानको धारा ३१(१२) मा यस अघि महाधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेन प्रवधानलाई हटाएको हो ।

आगामी महाधिवेशन पछि पार्टी अध्यक्षीय प्रणालिमा अगाडि बढने राजपाले जनाएको छ।

साथै बैठकले पार्टी विधानको धारा ३१(१०) मा यस अघि पार्टीको महाधिवेशन २ वर्ष भित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर ३ वर्ष भित्र गरिने गरि संशोधन समेत राजपाले गरेको छ ।

बैठकले पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणाली अनुसार परिवर्तन हुने प्राबधान अनुसार सोमबारदेखि अनिलकुमार झा राजपा नेपालको संयोजक हुने पनि पार्टीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै