• २०८१ बैशाख १३ बिहीबार

ब्लड ग्रुपअनुसार के के खानु स्वस्थ्यकर हुन्छ ?

kharibot

काठमाडौँ । जीवनको सबैभन्दा महत्वपुर्ण पक्ष भनेकै हाम्रो स्वास्थ हो । स्वस्थ मानिसको लागि नै हर कार्य सम्भव हुन्छ ।  स्वस्थ रहने विभिन्न उपायहरु मध्ये एक हो उपर्युक्त उपाय हो आफ्नो रगतको समुह (ब्लड ग्रुप) को आधारमा कुन खानेकुरा खानु गर्नु राम्रो हुन्छ भन्ने कुरा जान्न बुझ्न आवश्यक छ । 

के खाने, नखाने जान्न जरुरी छ  

धेरैजसो मानिस बिरामी परेपछि डाक्टरलाई सोध्छन् के खाने र के नखाने । विशेषज्ञहरुको अनुसार स्वस्थ हुदा पनि के खाना खाने के खाना नखाने भन्ने कुराको राम्रो ज्ञान हुन आवश्यक छ ।  कुन कुरा खानै हुदैन भन्ने कुरा पनि जान्नु पर्दछ ।  यो कुरा तपाईको रक्तसमुहले निर्धारण गर्दछ ।  तपाईको रक्तसमुहको आधारमा भोजन गर्नु हुन्छ भने स्वस्थ रहने आधार बलियो हुदै जान्छ । 

एन्टिजन र्माकर खानालाई पचाउन मदत गर्दछ 

वैज्ञानिकका अनुसार हरेक रक्त समुहको एक खास एन्टिजन मार्कर हुन्छ । यो मार्करले विशेषत खाद्यपदार्थलाई पचाउनमा सहयोग गर्दछ । खाने पिउने छुट्टा छुट्टै चिजको साथ एन्टिजन मार्कर पनि छुट्टा छुट्टै हुन्छ । त्यसैले आफ्नो रक्तसमुह अनुसार एटिंजनको पहिचान गर्न सकियो भने स्वास्थ्य र पाचन प्रणाली सम्बन्धि धेरै समस्या सामाधान  हुन सक्छ । 

‘ए’ रक्तसमुहको पाचन प्रणाली कमजोर हुन्छ

तपाईको  रक्तसमुह ‘ए’ पोजेटिभ वा ‘ए’ नेगेटिभ छ भने हरियो सागसब्जी, उमारिएको गेडागुडी , अन्न फलफुल, ड्राइ फुड्स धेरै खान आवश्यक हुन्छ । बर्गर र चाइनिज नुडल्स पनि खान सक्नुहुन्छ । दुधबाट बनेको पदार्थ र मासु खानाले यो रक्तसमुहका मानिसको तौल छिट्टै बढ्ने हुँदा असर गर्न सक्छ । यो समुहको पाचन प्रणाली तुलनात्मक रुपमा कमजोर हुन्छ ।

‘बि’ रक्तसमुह हुनेलाई हरेक भोजन सुट गर्छ 

जसको रक्तसमुह ‘बि’ छ उसले छुट्टाछुट्टै किसिमका खाना खान सक्दछ । यसमा माछामासु लगायत विभिन्न सब्जीहरु पर्दछन् । ‘बि’ रक्तसमुह हुने मानिसले हरेक किसिमको खाना खान सक्दछन । तर बन्द प्याकेटमा भएका तथा मकै, तिल जस्ता खानाको प्रयोग कम गर्नु राम्रो हुन्छ ।  

‘एबि’ रक्त समुह हुनेहरु क्याफिन र रक्सिबाट टाढा रहनु पर्दछ 

यो रक्त समुहका मानिसले धेरै भन्दा धेरै प्रोटिनको सेवन गर्न आवश्यक हुन्छ । तर रातो मासु र  पोलको मासुबाट टाढा रहन आवश्यक हुन्छ । टोफु, माछा, सागसब्जी कार्बोहाइडेट, दुग्धजन्य पदार्थको सेवन गरेर स्वस्थ रहन सकिन्छ । यसको साथै क्याफिन र रक्सीको सेवनबाट टाढा रहन राम्रो हुन्छ । 

‘ओ’ रक्त समुहलाई प्राय पेटको समस्या देखिन्छ 

यस रक्त समुहका मानिसले हाईप्रोटिन डाइट लिन आवश्यक हुन्छ । जसमा माछामासु पनि समावेश गरिएको हुन्छ ।  यस रक्त समुहका मानिसलाई प्राय पेटको समस्या देखिरहन्छ । त्यसैले यो रक्तसमुहका मानिसले कम्तिमा पनि  दुग्धजन्य पदार्थको सेवन गर्नु आवश्यक हुन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै