• २०८१ बैशाख १२ बुधबार

नेप्सेमा झण्डै दुई अंकले गिरावट, एक अर्बभन्दा बढीको  कारोवार 

kharibot

काठमाडौं । साताको सुरुवाती कारोवार दिने नेप्सेमा झण्डै दुई अंकले गिरावट आएको छ ।

आज आईतबार नेप्से एक दसमलव ८७ अंकले घटेर १३ सय १६ दसमलव ८४ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ६५ अंकले घटेर दुई सय ८० दसमलव ७९ बिन्दुमा झरेको छ ।

एक सय ७२ कम्पनीहको १० हजार पाँच सय २५ वटा कारोवारमा ३२ लाख ८१ हजार एक सय १६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब नौ करोड तीस लाख ४८ हजार दुई सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेकाछन् भने छ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव २२ अंकले घटेर ११ सय ७२ दसमलव ९७ बिन्दुमा झर्दा निर्जिवन बीमा समुहको सुचक ५९ दसमलव तीन अंकले घटेर पाँच हजार नौ सय ७० दसमलव ७७ बिन्दुमा झरेको छ । यसैगरी लघुबित्त, जीवन बीमा, ट्रेडिङ र होटल समुहको सुचक पनि घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने आज आठ दसमलव ८२ अंकले बढेर १६ सय २० दसमलव ७५ बिन्दुमा चढेको छ । यसैगरी जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको शिवम सिमेन्टको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ९७  पैसाले बढेर छ सय २९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७८ पैसाले घटेर १६ सय ३० रुपैयाँमा कारोवार भएको छ । 

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैकको प्रतिकित्ता तीन सय ३६ रुपैयाँ अन्तिम मुल्यमा २२ करोड ६८ लाख १९ हजार एक सय ४७ रुपैयाँको कारोवार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै