• २०८१ बैशाख १३ बिहीबार

फिलिपिन्समा रेल दुर्घटना, २९ जना घाइते

kharibot

मनिला । फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को रोकिराखेको रेलसँग जुधेको थियो ।

घाइते यात्रुहरुलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको रेलसेवाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै